पेट र कम्मरको दुखाइ मिर्गौला पत्थरीको लक्षण ! यी हुन् बच्ने उपाय

मिर्गौलामा पत्थरी हुँदा असहनीय पीडा हुन्छ । मिर्गौलामा पत्थरी हुँदा पेट र कम्मर दुख्छ । मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ । विशेषज्ञका अनुसार पानी कम पिउनु नै पत्थरीको मुख्य कारण हो । यसका साथै, गलत खानपान पनि पत्थरी बन्ने कारण हुनसक्छ ।चिकित्सकहरुले खानपानमा सुधार गर्दा पत्थरीको समस्या कम हुने बताउँछन् । मिर्गौलाको पत्थरीबाट बच्नका लागि दैनिक जीवनयापनका क्रममा के के सुधार ल्याउन सकिन्छ ?

पानी : एक व्यक्तिले प्रतिदिन १२ देखि १६ कप पानी पिउनु पर्छ । मुटु र मिर्गौलामा हुने समस्या भएका व्यक्तिले विशेषज्ञका अनुसार पानी पिउनुपर्छ । यसका साथै, पिसाब सफा गर्न र गन्ध मुक्त बनाउनका लागि पर्याप्त मात्रामा पानी पिउनु पर्छ ।

सोडियम कम भएको खानेकुरा : नुन वा सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा क्याल्सियमको स्तर बढाउँछ । र पिसाबमा साइट्रेट कम गर्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउँछ । ताजा फलफूल : हरेक दिन ताजा फलफूलको सेवन गर्दा मिर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ ।

मासुको सेवन कम गर्ने : मासुको सेवन अधिक गर्दा पिसाबमा युरिक एसिड, क्याल्सियम र अक्सालेटको मात्रा बढ्छ । यसले मिर्गौलामा पत्थरी हुने सम्भावना बढ्छ । प्रतिदिन केवल ६ देखि ८ पिस मासु मात्रै खानु फाइदाजनक मानिन्छ ।

क्याल्सियमको सेवन : डेरीमा उत्पादन हुने पदार्थहरुको सेवन सीमित मात्रामा गर्नुपर्छ । फलफूल, सागसब्जी र डेरी उत्पादनबाट शरीरका लागि आवश्यक क्याल्सियम प्राप्त हुन्छ । तर, धेरै क्याल्सियम खाँदा मिर्गौलामा पत्थरी हुने सम्भावना बढी हुन्छ ।

अमिलो फलफूल र जुसको सेवन गर्ने : अमिलो फलफूलमा हुने साइट्रेटले मिर्गौलामा पत्थरी बन्न सक्छ । कागती र चुनाबाट साइट्रेट सही मात्रामा पाइन्छ । यसका साथै, सुन्तला, अंगुर पनि मिर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

ओक्सालेटको मात्रा : ओक्सालेट एक प्राकृतिक रुपमा पाइने पदार्थ हो । जुन खानाबाट प्राप्त हुन्छ । पालक, बेरी, बिट, चकलेट, फ्रेन्च फाइ, नट्स, सोया प्रोडक्ट आदिबाट ओक्सालेट प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस