२८ करोडको राजस्व छली मुद्दामा जेल परेका उमाशंकर २५ हजार धरौटीमा छुटे

काठमाडौं : राजस्व छली मुद्दामा धरौटी बुझाउन नसकेपछि जेल परेका उमाशंकर रायभार आइतबार रिहा भएका छन् । रायाभरलाई २०७७ फागुन १७ गते उच्च अदालत पाटनले ७५ लाख रुपैयाँ धरौटी मागेको थियो, सो रकम तिर्न सकेपछि उनी नख्खु कारागार चलान भएका थिए ।

तर, सर्वोच्चले उच्च अदालतको फैसलालाई शुक्रबार बदर गर्दै रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आइतबार पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् ।

उनकाे नगिरकता प्रमाणपत्रकाे दुरूपयाेग गरी उनका नाममा विभिन्न कम्पनी खाेली त्यसबाट राजश्व छली भएकाे थियाे । साेही प्रकरणमा उनीमाथि २८ कराेड रूपियाँ राजश्व छली गरेकाे अभियाेमा मुद्दा चलाइएकाे थियाे ।

नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)
माघ १७ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित) ।

पछिल्लो २४ घण्टामा ५२९२ जनामा को- रोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यसबेला देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ८१९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृ- त्यु भएको छ । २४ घण्टामा ३६६६०३ जनाले को- रोना विरुद्धको खोप लगाएका छन् ।

काठमाडौं उपत्यकामा १७२२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संंक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस