काठमाडौंमा राति सुतेर बिहान सामान किन्न पसल जाँदा…..

काठमाडौं – सरकारले आज बिहानदेखी लागु हुनेगरी दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ।

यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ।

किसानले दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए। कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरेको थियो।

जति फ्याट र एसएनएफ बढी हुन्छ किसानले त्यतिले बढी मूल्य पाउनेछन् । यदि कसैको दूधमा ४ प्रतिशत फ्याट छ भने त्यसलाई ६.८१ रुपैयाँले गुणन गर्दा २७.२४ रुपैयाँ हुन्छ । त्यस्तै ८ प्रतिशत एसएनएफमा ३.६० रुपैयाँले गुणन गर्दा २८.८ प्रतिशत हुन्छ । फ्याट र एसएनपएफलाई जोडेर ५६.०४ रुपैयाँ कायम गरिएको छ ।

गाईभन्दा बढी फ्याट र एनएफ भैँसीमा हुन्छ । अहिले भएको मूल्यवृद्धिका आधारमा हिसाब गर्ने हो एउटा किसानले भैँसीको दूधको प्रतिलिटर ८४–८५ रुपैयाँ पाउन सक्छन् भने गाई दूधको प्रतिलिटर ६० रुपैयाँ पाउन सक्छन् ।

विगत दुई वर्षमा गाई भैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैंकको ब्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०६७/०६८ मा दूधको उपभोक्ता मूल्य प्रतिलिटर ४८ रुपैयाँ थियो भने २०६९ फागुन १ गते प्रतिलिटर ५० रुपैयाँ कायम गरिएको थियो । २०७० फागुन २८ गते प्रतिलिटर ५६ रुपैयाँ, २०७१ पुस १६ गते प्रतिलिटर ६४ रुपैयाँ, २०७४ भदौ १ गते प्रतिलिटर ७० रुपैयाँ र २०७६ भदौ २१ गते ७६ रुपैयाँ कायम गरिएको थियो ।

दूधको गुणस्तर सुधार गर्न ६८ प्रतिशत अल्कोहलले परीक्षण गरी दूध खरिद विक्री गर्ने गरिएको छ । नेपालमा वार्षिक कूल दूध उत्पादन २३ लाख एक हजार मेट्रिक टन पुगेको छ । कूल दूध उत्पादनको ४० प्रतिशत गाईबाट र ६० प्रतिशत भैँसीबाट भएको देखिन्छ । गाईले औसतमा प्रतिवेत ७८९ लिटर र भैँसीले ८४४ लिटर दूध दिने गरेको देखिन्छ । जुन अन्य मुलुकको तुलनामा उत्पादकत्व अत्यन्तै न्यून हो ।

प्रतिक्रिया दिनुहोस