ओठको आधा शल्यकृया भइसकेको थियो, यस्तो फोन आयो शल्यकृया बिचैमा छोडेर हिँडिन् अभिनेत्री हरिम

एजेन्सी । अस्पतालमा शल्यकृया भइरहँदा उनको मोवाइलमा यस्तो फोन आयो उनी शल्यकृया गराउन नसक्ने भएपछि बिचैमा छोडेर हिँडिन् । यि पाकिस्तानकी ‘ड्रामा क्वीन’ हरिम शाह हुन् । उनी युकेमा आफ्नो ओँठको शल्यकृया गराउन गएकी थिइन् । उनले आधा लिप सर्जरी गरेको भिडियो पोस्ट गरेकी छन् । तर, यो भिडियोको खास कुरा के छ भने हरिम शाहले आधा ओठको मात्रै शल्यक्रिया गरेकी छन् । भिडियोमा उनको ओठ सुन्निएको देख्न सकिन्छ ।

शल्यक्रिया बिचमा छाड्नु पर्यो
हरिमले आफू ओठको शल्यक्रियाका लागि बेलायत गएको बताइन् । आधा शल्यक्रिया पछि, उनलाई फोन गरियो र पाकिस्तानी एफआईएले पाकिस्तानमा उनको बैंक खाता सिल गर्न आदेश दिएको छ । त्यसपछि उनीसँग शल्यक्रिया गर्ने पैसा थिएन, त्यसपछि के भयो हरीमले आधा ओठ फिलर गराएपछि त्यही छोडीन् ।

सोशल मिडिया प्लेटफर्ममा, हरिम शाह दुई बन्डल ब्रिटिश पाउन्ड लिएर बसेका भिडियो पोष्ट गरेकी थिइन्। नोटको बन्डल देखाउँदै उनले पाकिस्तानबाट यति ठूलो रकम लिएर लण्डन आएको यो पहिलो पटक भएको बताएकी थिइन् । यसपछि एफआईएले बेलायती पाउण्डको वण्डल रहेको उनको भिडियोमा छानबिन सुरु गरेको थियो ।

पाकिस्तानको संघीय राजस्व बोर्डका अनुसार कुनै पनि यात्रुले पाकिस्तानमा जतिसुकै विदेशी मुद्रा ल्याउन सक्छ तर अनुमतिविना १० हजार डलरभन्दा बढी विदेशी मुद्रा लैजान पाइँदैन ।

 

प्रतिक्रिया दिनुहोस