अनौठो घर जुन हरेक ४८ घण्टामा १ फिट माथि उठ्छ !

१८ माघ, काठमाडौं । कहिलेकाहीँ घरको जगमा समस्या देखिँदा पूरै घर नै भत्काउनुपर्ने अवस्था आउन सक्दछ । बनिबनाउ घर भत्काएर नयाँ ठाउँमा अर्को बनाउनुपर्दा खर्च पनि मनग्य हुन्छ ।तर अहिले धेरै यस्तो खालका प्रविधिहरु आइसकेका छन् जसले घरलाई जुरुक्क उठाएर नयाँ ठाउँमा सार्न सकिने भएको छ,

त्यो पनि न्यून खर्चमा। सोसल मिडियामा अहिले भारतको एउटा यस्तै घरको तस्वीर निकै चर्चित भइरहेको छ ।राजस्थानको बिकानेरमा एक घरको जग उठाउनका लागि अनौठो प्रविधि अबलम्बन गरिएको छ ।उक्त घर सडकको सतहभन्दा तल भएका कारण घरबाट निस्कने फोहोर तथा पानी फ्याँक्नै समस्या थियो ।

त्यसैले घरमालिकले घरलाई जुरुक्क माथि उठाउने निधो गरे ज्याक लगाएर । उनले हरियाणाबाट श्रमिकहरुको टोली बोलाए र घर माथि उठाउन लगाए ।समाचार अनुसार ८ दिनमा श्रमिकहरुले उक्त घरलाई ज्याक लगाएर करीब २ फिट माथि उठाइसकेका छन् ।

घरलाई करीब ४ फिट माथि उठाउनुपर्नेछ । दश दिनमा पूरै ४ फिट माथि उठाउन सकिने बताइएको छ । घर माथि उठाउँदै गर्दा जगमा डण्डी तथा सिमेन्ट राखेर मजबुत बनाइँदैछ ।

१२ वर्ष पूरानो घर अहिले हरेक ३ दिनमा १ फिट माथि उठेको छ । यो घरलाई १ सयवटा हाइड्रोलिक ज्याक प्रयोग गरेर माथि उठाइएको छ । यसमा १० जना अनुभवी श्रमिकको टिम जुटेको छ । हरेक ४८ घण्टामा ज्याक घुमाइन्छ र घरलाई करीब १ फिट माथि उठाइन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस