प्रत्येक बेडरुममा २ जना श्रीमती ! सबैलाई भनेका छन् ‘कोही मन पर्‍यो भने जानू’

काठमाडौं। थाइल्याण्डमा ८ जना युवतीलाई एक युवा ट्याटु आर्टिस्टसँग प्रेम भयो । त्यसपछि यी सबै युवतीहरु उनै युवक ओंग डेम सोरोतसँग बिहे गरेर एउटै घरमा बस्छन् । आश्चर्यको कुरा यी ८ सौताहरुको आपसमा अहिलेसम्म कहिल्यै झगडा भएको छैन । अहिले यी ट्याटु आर्टिस्ट आफ्नो कलाको कारणले भन्दा पनि ८ जना पत्नीका कारण संसारभरका मिडियामा चर्चामा छन् । गत हप्ता उनले थाइल्याण्डको एक कमेडी टेलिभिजन च्यानललाई अन्तरवार्ता दिए । त्यसपछि मानिसहरुले उनको बारेमा इन्टरनेटमा सर्च गर्न थाले ।

अहिले सोरोत र उनका ८ पत्नीहरुले हरेक दिन कुनै न कुनै फोटोसेसन गराइरहेका छन् । सोरोतका अनुसार उनका हरेक पत्नीको आफ्नै विशेषता छ । सोरोत थाइल्याण्डको परम्परागत ट्याटु यन्त्राका मास्टर हुन् । उनले टेलिभिजनमा आठै जना पत्नीसहित अन्तरवार्ता दिएका थिए । अन्तरवार्तामा उनले यी ८ पत्नीमध्ये कोसँग कहिले र कहाँ भेटे र बिहे कसरी भयो भन्ने पनि बताएका छन् । यी महिलाहरुले सोरोतलाई संसारकै सबैभन्दा असल पुरुष भनेका छन् ।


सोरोतका अनुसार उनकी पहिली पत्नीको नाम नोंग स्प्राइट हो । उनीसँग एक साथीको बिहेमा भेट भएको थियो । दोस्रीको नाम नोंग एल हो । उनीसँग बजारमा भेट भएको थियो । तेस्री पत्नी नोंग नेनसँग उनले एक अस्पतालमा भेटेका थिए । चौथी, पाँचौं र छैटौं पत्नीसँग सामाजिक संजालमार्फत भेट भएको थियो । सातौं पत्नीसँग मन्दिरमा भेट भएको थियो ।

ओडिटी सेन्ट्रलमा प्रकाशित रिपोर्टका अनुसार सबैभन्दा रोचक कहानी उनकी आठौं पत्नीसँग भेट हुँदाको छ । सोरोतले भने ‘म आफ्ना ४ पत्नीहरुलाई लिएर पटायामा विदाको मजा लिइरहेको थिएँ । त्यहीँ नोंगसँग भेट भयो । उनले पनि मेरी सहयात्री बन्ने निर्णय गरिन् । अन्य पत्नीहरुलाई पनि कुनै आपत्ति थिएन ।’

सोरोतको घरमा ८ पत्नी र एक बच्चा छन् । यी बच्चाकी आमा सोरोतकी पहिली पत्नी हुन् । त्यसो त घरमा अरु सन्तान पनि आउँदैछन् । सोरोतका अनुसार उनका अरु २ जना पत्नी गर्भवती छन् । घरमा ४ बेडरुम छन् र हरेक बेडरुममा २ जना पत्नी बस्छन् । सबैले साथमा बस्न कुनै सास्या नभएको र उनहिरुबीच कुनै कुरामा झगडा नभएको बताएका छन् ।

सोरोतकी पहिली पत्नीका अनुसार उनले नै पतिलाई दोस्रो बिहे गर्न अनुमति दिएकी थिइन् । अन्य ७ महिलाहरुले पनि आफूहरुलाई सोरोत पहिले नै विवाहित भएको थाहा भएको बताउँछन् । यति हुँदाहुँदै पनि उनीसँग प्रेम भयो । उनीहरुले खुसीसाथ यो जीवन स्वीकार गरे । सोरोत सबैलाई धेरै ख्याल गर्छन् । पछिल्ला पत्नीहरुका परिवारले पहिले यो फैसलाको विरोध गरेका थिए तर पछि स्वीकार गरे ।

सोरोत भन्छन् ‘मैले सबै पत्नीहरुलाई भनिसकेको छु कि भविष्यमा उनीहरुलाई हरु कुनै व्यक्तिसँग प्रेम भयो भने नहिच्किचाइ मलाई बताउनु । म उनीसँग तीन पटक सोध्नेछु कि के उनी मलाई छोड्न चाहन्छिन् ? यदि उनीहरुले छोड्न चाहने जवाफ दिए भने मैले उनलाई खुसीसाथ जाने अनुमति दिनेछु ।’

सोरोत भन्छन् ‘सामाजिक संजालमा मानिसहरु धेरै किसिमका अनुमान गर्छन् । जस्तो कि म धेरै धनी छु त्यसैले ८ जना पत्नीको खर्च उठाउन सकिरहेको छु । विश्वास गर्नुस् यी सबै गलत कुराहरु हुन् । म धनी छैन । हामी सबैले काम गर्छौं र आफ्नो आवश्इकता अनुसार पैसा कमाउँछौं ।’

प्रतिक्रिया दिनुहोस