महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं – भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास लिईएको छ ।

उक्त परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको नेपालस्थित् भारतीय दूतावासले जनाएको छ । र, उक्त पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको पनि जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस