स्विमिङ पुलमा नुहाउँदा १६ जना किशोरीहरु गर्भवती

एजेन्सी। सबैले बुझेको कुरा के हो भने प्राकृतिक रुपले महिला गर्भवती हुनका लागि उनको पुरुषसँग शारीरिक सम्बन्ध भएकै हुनुपर्छ ।तर अमेरिकाको फ्लोरिडामा एउटा यस्तो घटना भएको छ, जसले उल्लेखित मान्यतालाई चुनौति दिएको छ । त्यहाँ एक पौडी पोखरीमा नुहाएसँगै १६ जना किशोरीहरु गर्भवती भएका छन् ।

यी किशोरीहरु १३ देखि १७ वर्षसम्मका थिए । उनीहरु कुनै पुरुषसँग शारीरिक सम्बन्ध राखेर गर्भवती भएका होइनन् र अहिलेसम्म उनीहरुले कुनैपनि पुरुषसँग यौन सम्पर्क गरेका पनि छैनन् । यस्ता १६ जना भर्जिन किशोरीहरु सहवास विनै एकसाथ गर्भवतीबनेसँगै त्यहाँ हंगामा नै मच्चियो।

मिडिया रिपोर्ट अनुसार यी सबै किशोरीहरु आफ्नो साथीको पूल पार्टीमा सहभागि भएका थिए । जहाँ उनीहरु जमेर पार्टी गरे र नाचगान पश्चात स्विमिंग पूलमा नुहाउन गए । मज्जाले नुहाए पनि । तर त्यसको केही समयपछि उक्त पोखरीमा नुहाए सबै १६ जना किशोरीहरु गर्भवतीभएको पत्ता लाग्यो ।

यसरी पौडी पोखरीमा एकैदिन नुहाउन गएका युवतीहरु एकसाथ गर्भवतीबनेको घटनाको छानविन गर्ने क्रममा उक्त पोखरीको पानीमा सुक्ष्म जाँच गरियो । त्यस क्रममा किशोरीहरुले नुहाउने बेलामा पानीमा पुरुषका जिवित शुक्रकिटहरु रहेको तथ्य पत्ता लाग्यो । तिनै शुक्रकिटहरु युवतीको यौनांगबाट भित्र प्रवेश गरी उनीहरुलाई गर्भवती बनाएको निष्कर्ष निकालियो ।

यसरी स्विमिंग पूलको पानीले महिला गर्भवती बनेको घटना यो पहिलो भने होइन । यसअघि सन् २००९ मा पोल्याण्डमा एक होटलको स्विमिंग पूलमा पौडी खेल्ने तथा नुहाउने गरेकी एक किशोरीको पनि गर्भ रहेको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस