नाताको गलत फाइदा उठाएपछि…….

नीति कथा :रितेश आफ्नी श्रीमती सीमा र आमासँग बस्थे। जाडो बिदामा रितेशका फुपू, फुफाजु उनीहरूका छोरा अनिशसँगै उनको घरमा बस्न आए। घरमा आउनेबित्तिकै उनको फुफाजुले यहाँ धेरै जाडो रहेछ, घरमा एसी छैन भनेर सोधे।

रितेशकी आमाले केही दिनअगाडि मात्र छोराले आफ्नो कोठामा एसी जोडेको बताइन्। यो सुनेर उनको फुफाजुले आफ्नो छोरालाई सबै सामान लगेर रितेशको कोठामा राख्न अह्राए।
रितेश र उनकी श्रीमती पनि केही दिनका लागि त हो नि भन्ने सोचेर चुप लागेरै बसे। यसरी रितेशको घरमा फुपू, फुफाजु बसेको पनि एक महिना बितिसकेको थियो।

सधैं घरको बैठक कोठामा सुतेर हैरान भएका रितेशले आफ्नी आमासँग उनीहरू कहिले जान्छन् भनेर सोधे। उनकी आमाले पनि आफन्तको सबालमा यस्तो सोध्न नमिल्ने बताइन्।
रितेशको श्रीमती पनि रिसाउँदै भनिन्, ‘अरू त ठीकै छ तर उहाँहरूको छोरा अनिश दिनभरि हाम्रो नयाँ सोफामा उफ्रिएर नराम्ररी च्यातियो।’ नयाँ सोफा च्यातिएपछि रितेश पनि धेरै रिसाए।

उनले आफ्नी श्रीमतीलाई हपार्दै तिमीले किन अनिशलाई यसो गर्नबाट नरोकेको भने। सीमाले पनि आफ्नो श्रीमान्लाई गुनासो पोख्दै भनिन्, ‘फुपू, फुफाजु कहिलेदेखि हाम्रै घरमा छन्।
दिनभरि उनीहरूको फर्माइसअनुसार खानेकुरा बनाएर आमाको दिनभर भान्छामै बित्छ।’ रितेश रिसाउँदै गएर आफ्नो फुफाजुलाई एक महिना बितिसक्दा पनि तपाईंहरूको किन बिदा सकिँदैन,

तपाईंहरू अब कहिले फर्कनुहुन्छ भनेर सोध्छन्। फुफाजुले सामान्य तरिकाले जवाफ दिँदै भने, ‘रितेश मैले पहिले नै जागिर छाडिसकें। अब म व्यापार गर्ने सोचमा छु।
पहिले मलाई यो सहर राम्ररी बुझ्न देउ। यसका लागि दुई, तीन महिना पनि लाग्न सक्छ।’ फुफाजुको परिवारले आफ्नो घर सजिलै नछाड्ने देखेपछि उनले आफ्नी आमा र श्रीमतीलाई पनि यो कुरो सुनाए।

अब सिधा औंलाले घिउ ननिस्किए, औंला बंग्याउनुपर्ने सीमाले बताइन्। त्यसै रात फुपूका परिवार कौसीमा बसिरहेका थिए। एक्कासी उनका छोराले मैले भूत देखें भन्दै चिच्याए।
त्यसपछि त्यहाँ आएको भूतले सबैभन्दा पहिले तिमीहरूमध्ये कसलाई मेरो आहारा बन्ने मन छ भन त भन्यो। सोही भूत देखेर फुपूका परिवार निकै डराए र घर छाडेर जाने निर्णय गरे।

उनीहरू गएपछि रितेशी श्रीमती सीमाले आफ्नो अनुहारमा लगाएको भूतको मुखौटा फुकालिन्। फुपूको परिवार गएपछि सबैले राहतको सास फेरे। सीमाको सासूले सीमालाई तिमीले धेरै राम्रो बुद्धि लगायौं भन्दै सबै हाँस्न थाले।

नैतिक शिक्षा : हामीले कुनै पनि सम्बन्धको गलत फाइदा उठाउनु हुँदैन।

प्रतिक्रिया दिनुहोस