पहिलो भेटमै प्रेम बस्यो, विहे गरेः एक महिनापछि थाहा भयो श्रीमती ‘पोर्नस्टार’ पो रहिछिन्

जीवनमा कल्पना नगरेको कुराको खुलासा भयो भने पक्कै पनि त्यसले हलचल ल्याउँछ ।एक व्यक्तिलाई पहिलो नजरमा नै एक युवतीलाई मन पराए । उनीहरु एक रियालिटी शो मा भेट भएका थिए । त्यही क्रममा उनीहरुले विवाह पनि गरे । तर विवाह भएको एक महिनामै उनका श्रीमानलाई थाहा भयो श्रीमती पो र्न स्टार थिइन् ।

यो घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्ससंग २६ वर्षका जोश नाम भएका युवकले विवाह गरेका थिए ।आफ्नो अतित बारे संधै चिन्तित पनि बनाउँथ्यो । उनले पहिलो पटक त्यस्तो फिल्ममा काम गरिन् जति बेला उनको उमेर २५ वर्षको

उनलाई एक नजरमै एमी मन पर्यो । इ–४ को शो (म्यारिड एट फर्स्ट साइट) रियालिटी शो मा भाग लिनुभन्दा अघि एमीले कम बजेटका थुप्रै त्यस्ता फिल्ममा काम गरिसकेकी थिइन् । जुन कुरा उनका पतिलाई थाहा थिएन ।एमीले ‘ब्रान्डी ब्रेवर’ नाम प्रयोग गरिन् र थुप्रै ए ड ल्ट फिल्ममा कलाकारको रुपमा काम गरेकी थिइन् । उनलाई आफ्नो अतित बारे संधै चिन्तित पनि बनाउँथ्यो । उनले पहिलो पटक त्यस्तो फिल्ममा काम गरिन् जति बेला उनको उमेर २५ वर्षको थियो ।

एमीको अतितबारे थाहा पाएपछि उनका श्रीमान् जोशका साथीले भने, ‘उनलाई ‘जोश’ यसै हप्ता एमीको पृष्ठभूमिबारे थाहा भयो । पहिल्यै नै यसबारे जानकारी पाउन आफू चुकेको जोश बताउने गर्छन् । अब उसले ‘हामी सबैको एउटा अतित हुन्छ’ भन्ने बारे विचार गरिरहेको छ ।’

‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन । यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस् ।’यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्, ‘एमी एक पो र्न स्टार थिइन् र सधैं आफ्नो फिल्ममा भएको भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन् ।

तर अब सबैकुरा विगत भइसकेको छ ।’ ‘आफ्नो विगतले उनलाई सधैं पो ल्ने गर्दथ्यो,’ उनले भनिन् ।​ एमीकी साथीले भनिन्, ‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन । यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस् ।’

जुन कार्यक्रममा एमी र जोश सहभागी भएका थिए । त्यसमा जोडी सिधै विवाहको मण्डपमा भेट्छन् । उनीहरु पूर्ण रुपमा एकअर्कासँग अपरिचित हुन्छन् । अपरिचितको रुपमा नै विवाह गर्छन् र हनिमुनमा जान्छन् ।

त्यसपछि एक–अर्कालाई राम्रोसँग चिनेपछि संगै बस्ने नबस्ने भनेर निश्चित गर्छन् । यस्तै यो कार्यक्रममा एमीले जोशलाई भेटेपछि आफू चन्द्रमामा भएको जस्तो महसुस गरिरहेको बताएकी थिइन् । त्यतिबेला उनलाई इन्गेजमेन्ट गरिसकेका प्रेमीले छोडिदिएका थिए ।हाल प्रसारणमा नै रहेको यो शोमा यी दुई सँगै बस्न थालेपछि आजकाल विवाद हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस