मलेसिया रोजगारको डिमाण्ड : कहिले र कहाँ ? हेर्नुस् बिस्तृतमा

काठमाडौँ | बिभिन्न कारण साढे तीन बर्षदेखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र प्रमाणीकरणको कार्य सूचारू गर्ने तयारी भईरहेको मलेसिया स्थित नेपाली दुतावासले जनाएको छ ।
मलेसियाले आगामी जनवरी २८ देखि विदेशी कामदार भर्ना प्रक्रिया शुरूवात गर्ने निर्णय गरिसकेको छ ।

मलेसियाले विदेशी कामदार लिने निर्णय गरे पनि कामदारले पाउने तलब भने पुरानै कायम हुने दुतावासले जनाएको छ ।त्यहाँको सरकारले सन् २०२० को जनवरीदेखि स्थान अनुसार १ हजार २ सय र १ हजार १ सय रिङ्गेट न्युनतम तलब तोकेको छ । मलेसिया दुतावासले नेपालीहरुलाई सुचना दिने उदेश्यले नियमित फेसबुक पेजबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसै कार्यक्रम मार्फत श्रम सहचारी प्रकाश पन्थीले तलब बढेकोबारे कुनै जानकारी नआएको बताएका छन् । पन्थीका अनुसार मलेसियाले तलब वृद्धिबारे केही जानकारी नआएको बताए । उनले दूतावास नयाँ कामदारको मागपत्र प्रमाणिकरण गर्ने तयारीमा रहेको समेत बताए ।

मलेसियाका कामदारको तलब बढ्नुपर्नेमा चौतर्फी आवाज उठेको छ । मलेसियाले कामदार आपूर्ति गर्ने देशहरुसँग गरेको द्विपक्षीय सम्झौता अनुसार आप्रवासी मजदूर र मलेसियाका कामदारहरु बीच न्यूनतम तलबमा भिन्नता नगर्ने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस