ललितपुरको इमाडोलबाट ५८ बर्षीय मगर पक्राउ ! बुढेसकालमा मती बिग्रीएपछी चिसोछिँडिको बास

काठमाडौँ- अदालतबाट २ बर्ष कैद सजाय तोकिएर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप दोरम्बा-४ पासिवान घर भई हाल ललितपुर इमाडोलमा बस्दै आएका ५८ बर्षीय मान बहादुर मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत ललितपुरले २०७४ साल बैशाख १५ गते पुरात्वातिक मुर्ति चोरी मुद्धामा उनीमाथि प्रकाउ पुर्जी जारी गरेको थियो। फरार अभियुक्त मगरलाई खोजतलास गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको टीलिले ललितपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस्तै, मानव बेचबिखन मुद्दाका एक आरोपीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । विसं २०५८ माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा बिक्री गर्ने कार्यमा संलग्न खोटाङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने चन्द्रदीप राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले महिलालाई अस्पतालमा बिरामीको स्याहारसुसार गर्ने काममा पठाइदिने भनी प्रलोभनमा पारी बहराइन पठाएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विज्ञप्तिमार्फत जनाएको छ ।

ब्यूरोका अनुसार पीडित महिलासँग रु ५० हजार लिई २०५८ मा बहराइन पठाएकामा त्यहाँस्थित हुब्बेल म्यानपावर एजेन्सीका प्रतिनिधिले बहराइनकी महिलाबाट ५०० दिनार लिई राहदानी जफत गरी घरायसी कामका लागि बिक्री गरेको खुल्न आएको छ ।

घरायसी काममा लगाउन खोज्दा नमानेपछि महिलाले यातनासमेत पाएको जाहेरीलाई उद्धृत गर्दै ब्यूरोले जनाएको छ । केही समयपछि महिलालाई पुनः अर्काे घरमा ५०० दिराम लिएर बिक्री गरेको पीडित महिलाले बताएकी छिन् ।

सोही क्रममा एक विदेशी नागरिकको सहयोगमा नेपालमा जानकारी प्राप्त भएपछि उनको परिवार र साउदी अरबस्थित नेपाली राजदूतावासको सहयोगमा प्रहरीले २०५९ साउन ५ गते उनलाई नेपाल फर्काउन सफल भएको थियो ।

उक्त मुद्दामा फरार राईलाई ब्यूरोले पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा सोमबारको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस