बाबालाई फोन गरेर भनिन् ‘आ’त्म’हत्या गर्दैछु’, त्यसपछि ६ तला माथिबाट हा’म फालिन

काठमाडौं। एक मोडलले आइतबार भवनको छैटौं तलाबाट हाम्फालेकी छिन् । उनले आ’त्मह’त्या गर्ने नियतले हा’म्फालेको भए पनि उनको ज्या’न भने जान पाएन । भारतको राजस्थान राज्यको जोधपुर सहरको रातानाडामा रहेको एक होटलबाट उनले हा’म्फालेकी हुन् । यी मोडलको नाम गुनगुन उपाध्याय भएको बताइएको छ ।उनी जोधपुरकै माता का थान निवासी गणेश उपाध्यायकी छोरी भएको बताइएको छ । उनी रातानाडास्थित होटल लर्डसमा बसेकी थिइन् । अहिले अस्पतालमा उनको उपचार भइरहेको छ । उनी ख’तरामुक्त भएको बताइएको छ ।

पुलिसले भारतीय मिडियालाई दिएको जानकारीअनुसार गुनगुन मोडलिङ गर्छिन् । उनी शनिबार उदयपुरबाट जोधपुर आएकी थिइन् । जोधपुर आएपछि उनले पितालाई फोन गरेर आफू आ’त्मह’त्या गर्न गइरहेको बताएकी थिइन् । उनले पितालाई आफ्नो अन्तिम अनुहार हेर्न भनेकी थिइन् । त्यसपछि पिता गणेशले तत्काल पुलिसमा सम्पर्क गरेका थिए ।

पिताको सूचनापछि एसीपी देरावर सिंहले फोन नम्बरका आधारमा गसनगुन भएको ठाउँ पत्ता लगाएका थिए । त्यसपछि पुलिस होटल पुगेको थियो तर पुलिसले उनलाई बचाउन नपाउँदै उनले छैटौं तलाबाट हाम्फालिन् । उनलाई तत्काल मथुरादास माथुर अस्पताल लगियो ।

अस्पतालका डाक्टरले उनको छाती र खुट्टाको हड्डी भाँचिएको बताएका छन् । अहिले पनि उनको स्थिति ग’म्भीर छ । उनले आ’त्मह’त्याको प्रयास किन गरिन् भन्ने प्रस्ट भइसकेको छैन । उचाइबाट तल ख’स्ता उनको धेरै र’गत बगेको डाक्टरले बताएका छन् । डाक्६रका अनुसार उनी अहिले केही बताउने अवस्थामा छैनन् । होस आएपछि मात्रै आ’त्मह’त्याको कारणबारे खुलासा हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस