फिल्ममा ‘कमब्याक’ गर्ने विदेशिएका कलाकारको रटान, तर कहिले ?

काठमाडौं । कार्यक्रमको सिलसिलामा अमेरिका पुगेर उतै बसेकी अभिनेत्री युना उप्रेती महिना दिनअघि नेपाल आइन् । नेपाल आएको समयमा उनले केही सञ्चारमाध्ममा अन्तर्वार्ता समेत दिन भ्याइन् ।

अन्तर्वार्ताका क्रममा युनाले आफू नेपाली चलचित्रमा फर्किने चलनचल्तीकै भाषा बोलिन् । युनाले आफू अमेरिकामा रहेर पनि नेपाली चलचित्रलाई माया नमारेको भन्दै उपयुक्त कथाको खोजीमा रहेको प्रतिक्रिया दिइन् ।

युना जस्तै अमेरिकाबाट बिदा मनाउन नेपाल आउने अधिकांश कलाकारहरु चलचित्रमा फर्किने कुरा बोल्न छुटाउँदैनन् । नेपाली चलचित्रमा राम्रो क्रेज बनाउँदा दर्शकको माया पाएका धेरै कलाकारहरु क्रेज खस्किँदै गएपछि अमेरिका वा अन्य देशमा पुग्ने गरेका छन् । ती कलाकारलाई नयाँ पुस्ताका दर्शकले खासै पछ्याएका पनि पाइँदैन ।

दुई दशकअघि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेर केही वर्ष राम्रो क्रेज बनाएकी अभिनेत्री अरुणिमा लम्सालले पनि आफू नेपाली चलचित्रमा फर्किनका लागि उपयुक्त समय कुरिरहेको बताइन् । हालै दिएको एक अन्तर्वार्तामा उनले नेपाली चलचित्रको माया लाग्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस