नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ ले संक्रमण फैलायो

२० माघ, काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ ।अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् ।

नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महीनामा कोरोना पोजेटिभ आएका १ हजार १४६ नमूना संकलन गरिएको थियो ।

त्यसको एसजिन स्त्रिmनिङ गर्दा २५० वटा अर्थात २२ प्रतिशत नमूनामा ‘एसजिन नेगेटिभ’ आयो । एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

त्यसको झन्डै दुई हप्ताको अन्तरालमा माघ ९ गतेसम्म आइपुग्दै गर्दा जिन सिक्वेन्सिङ गरिएकामध्ये ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनायो । तर, त्यसबेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘एस जिन पोजिटिभ’ आएका नमूनाको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस