नरिवलको तेलमा यो एक चीज मिलाएर कपालमा लगाउनुहोस्, केही दिनमै देख्नुहुनेछ चमत्कार

काठमाडौँ । कपाल झर्ने, समय नपुगी फुल्ने, रुखो हुने जस्ता समस्याले धेरैलाई सताइरहेको हुन्छ। यो समस्या रोक्नका लागि धेरैले धेरै केमिकलयुक्त बस्तुको प्रयोग पनि गरेका छौँ।
केमिकलको प्रयोगले कपाल झर्न रोक्न भन्दा पनि झनै कपाल झर्ने समस्या समेत थपिदिन सक्छ। त्यसैले यस्ता विभिन्न समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपायको प्रयोग गर्न सकिन्छ। यस्ता घरेलु उपायले कुनै साइड इफेक्ट नगरी कपाललाई लामो, बाक्लो र बलियो बनाउन सहयोग गर्दछन्।

कपाल लामो, बाक्लो र बलियो बनाउन यी उपाय अपनाउनुहोस्ःनिम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसको प्रयोग गर्नाले कपाल झर्न बन्द हुनेछ तथा नयाँ कपाल उम्रिनेछ र निकै बढ्नेछ।

कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप गर्नाले कपाल उम्रिन्छ।कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस्। त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस्। नियमित रूपले यो तेलको प्रयोग गर्नुहोस्।

कागतीको ताजा बोक्रालाई पानीमा हालेर बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस्। पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्दै जानुहोस्। यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्न पनि रोकिन्छकपालमा अमलाको रसले मालिस गर्नुहोस्। खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ। कपाल अधिक झर्न थाल्यो भने अफिमलाई गाईको ताजा दूधमा रगडेर पेस्ट बनाउनुहोस्। नुहाउनुभन्दा दुई घण्टाअघि कपालमा लगाउनुहोस्।

लसुनको तेल लगाउनाले कपाल सुक्खा हुँदैन। कपाल झर्न रोकिन्छ।मासको दाललाई उमालेर सिलौटामा पिस्नुहोस्। टाउकोमा लेप गर्नुहोस्।सय ग्राम निमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्। यसले टाउको धुनुहोस्। टाउकोका फोकाहरू हट्नेछन्। साथै, खुइलिएको ठाउँमा कपाल उम्रिन थाल्नेछ। टाउको धोइसकेपछि निमको तेल लगाउनुहोस्।

अनारको पात पानीमा पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ। खुइलिएको ठाउँमा हरियो धनियाँको रस लगाउनाले कपाल उम्रिन थाल्छन्।टाउकोमा कतै कपालको गुच्छा नै उडेको छ भने त्यहाँ दुई महिनासम्म हरेक दिन कागती रगड्नुहोस्। यसो गर्नाले कपाल उम्रिनेछन्।

नरिवलको तेललाई पानीमा मिलाएर टाउकोमा लगाउनाले कपाल झर्न रोकिनेछ।केराको बोक्राको मालिस गर्दा पनि कपाल झर्ने समस्या हट्छ। मौसम परिवर्तन हुँदा यदि कपाल झर्न थाल्यो भने ताजा सयपत्रीका पात पिसेर एकदुई घण्टासम्म लगाएर धुनुहोस्।हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस्। यसो गर्दा कपालका जरा बलियो हुनेछन्।

एक कागतीको रस, आधा कचौरा तेलमा मिलाएर सुत्ने समयमा कपालमा लगाउनुहोस्, बिहान टाउको धुनुहोस्। सुक्खापन हट्नेछ र कपाल झर्न बन्द हुनेछ।महमा कागतीको रस मिलाएर जरामा लगाउनुहोस्। आधा घण्टापछि टाउको धुनुहोस्। एक महिनाभरि, हप्तामा दुई पटक यो प्रयोग गर्नुहोस्। कपाल बलियो भएर झर्न रोकिनेछ एवं चम्किन थाल्नेछ। काँक्राको रस खुइलिएको स्थानमा लगाउनुहोस्, नयाँ कपाल उम्रिन थाल्नेछ।

दुई ठूलो चम्चा दानामेथी पानीमा रातभरि भिजाएर राख्नुहोस्। बिहान मसिनो पिसेर कपालमा आधा घण्टा लगाउनुहोस्। यसबाट कपाल झर्न कम हुन्छ र सुक्खापन पनि हट्छ। भाङका पातको रसले टाउको मालिस गर्नाले कपाल झर्न बन्द हुन्छ।

एक गिलास पानीमा दुई चम्चा चियापत्ती हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस्। कपाललाई सफा पानीले धुनुहोस्। कपाल स्वस्थ र सुन्दर बन्नेछ।
कपाललाई झर्नबाट रोक्न कपाललाई बाफ दिइरहनुपर्छ। तुलसीका बीउलाई बेल या निमका पातसँग उमालेर, त्यसले धुनाले पनि कपाल झर्न रोकिन्छ।

प्रतिक्रिया दिनुहोस