अमेरिका जान लागेका एकै परिवारका चारजनाको निधन

अ’वैध’रुप’मा अमेरिका छि’र्ने प्रयासमा रहेका चार भारतीयको अ’त्य’धिक चि’सोको कारण मृत्यु भएको छ।क्यानडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानडा हुँदै अमेरिका छि’र्न लागेका भारतीय परिवारका सबैको चि’सोको कारण मृत्यु भएको हो।

उनीहरु मा’नव त’स्क’रीसँग जो’डिएको हुन सक्ने अधिकारीहरुले बताएका छन्। क्यानडाको मानिटोबामा उनीहरु मृत फेला परेका हुन्। यो क्षेत्र अमेरिकाको सीमाभन्दा केही मात्र टाढा छ।

रातको समयमा उक्त क्षेत्रको तापक्रम माइनस ३५ डिग्री सेल्सियससम्म झ’रेको थियो। अ’त्यधि’क चि’सोको कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशैलविन पटेल, उनीहरुको ११ वर्षी छोरी विहंगी र ३ वर्षीय छोरा धार्मिकको मृत्यु भएको हो।

उनीहरुको शव जनवरी १९ मा फेला परेको थियो। भारतले पनि उनीहरु आफ्नो नागरिक भएको पुष्टि गरेको छ।उनीहरु गुजरातको ढिंगुचा जिल्लाका बासिन्दा हुन्। उनीहरुका छिमेकीले दिएको जानकारीअनुसार पटेल परिवार जनवरी १२ मा भारतबाट क्यानडाको टोरोन्टो पुगेका थिए।

त्यसपछि उनीहरु मनिबोटो हुँदै अमेरिका प्रवेश गर्ने प्रयासमा थिए। उनीहरुको शव फेला परेको स्थान वरपर कुनै गाडी पनि भेटिएको छैन।त्यसैले उनीहरुलाई कसैले आधा बाटोसम्म लगेर छाडिदिएको हुन सक्ने अधिकारीहरुले बताएका छन्।

जनवरी १९ मा नै मा’न’व त’स्क’रीको आरोपमा ७ भारतीय समूहको एक एजेन्टलाई पक्राउ गरिएको थियो।यद्यपि उनले पटेल परिवार पनि यो स’मूह’मा सा’मेल भएको वा नभएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन्।

यसरी हुन्छ नेपाल हुँदै अमेरिका मानव तस्करी

रिब ३५ लाख रुपैयाँ ठगी गरी दुई व्यक्तिलाई अमेरिका पुर्‍याइदिने सपना देखाएकी दाङस्थित तुल्सीपुरकी २४ वर्षीया सुधा देवकोटा पक्राउ परिन् । उनले श्रीमान् मुक्तिनारायण केसीसँगको मिलेमतोमा अमेरिका लगिदिने भन्दै बबरमहल–४ (परिवर्तित नाम) र बबरमहल–९(परिवर्तित नाम)लाई बीचमै अलपत्र पारेकी थिइन् । नेपालबाट बोलेभिया हुँदै अमेरिका जाने भनी जाकार्तामा लगेर बेचबिखन गरेको आरोप लागेकी सुधालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो । बेचबिखनमा संलग्‍न उनका श्रीमान् मुक्तिनाराण भने अझै फरार छन् ।

घटना २

दुई युवतीलाई अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्‍याएर बेचबिखन गरेको आरोप लागेका एक गिरोह अझै फरार छन् । सिंहदरबार ५४ र सिंहदरबार ‘क’ (प्रहरीले राखेको नाम)सँग ४१ लाख ६० हजार रुपैयाँ ठगी गरी अमेरिकाको सपना देखाउने सिंगो गिरोह नै कानुनी दायरामा आउन सकेका छैनन् । यी दुई युवतीलाई अमेरिका पठाउने भन्दै बीचमै याताना दिई बन्धक बनाएको आरोप लागेका रमित थापा, विमला लामा, राम यादव, रबिन कार्की, चिरञ्जीवी शाह, पूर्ण लामालगायतका गिरोहमाथि जाहेरी परेको हो ।

घटना ३

रोहिंग्या शरणार्थीलाई अमेरिका लैजान खोज्ने बंगलादेशी नागरिकलाई प्रहरीले गएको असोजमा काठमाडौंको कपनबाट पक्राउ गरेको थियो । शरणार्थीका परिवारसहितलाई नेपालको नाका हुँदै अमेरिका लैजाने प्रलोभन देखाई भारत हुँदै तस्कर गर्न लागेको सुराकी पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बंगलादेशी नागरिक आजमत अलि, म्यानमारका नागरिक सोफिक आलम र रोहिंग्या शरणार्थी नूर अमिन पक्राउ परेका हुन् । उनीहरूले बंगलादेशमा शरण लिइरहेका शरणार्थीलाई नेपाल सरकारले भत्ता दिने र अमेरिका लैजाने सपना देखाएका थिए ।

विभिन्‍न समय र स्थानमा नेपाल हुँदै अमेरिकासम्म पुग्‍ने सपना देखाई बीचमै अलपत्र भएका यी प्रतिनिधि घटना हुन् । पछिल्ला वर्षदेखि अमेरिका मोहमा नेपालीहरू बढेका कारण बीचमै फस्‍नेहरूको संख्या पनि बढेको हो । जसकारण अमेरिका पुर्‍याइदिन्छु भन्दै तस्करहरूसमेत सल्बलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस