विश्वकै अनौठा मानिस, जस्को हातमा कान छ

एजेन्सी । संसारका हरेक मानिसको आ आफ्नै विशेषता हुन्छ । त्यसमा पनि कतिपय मानिसहरु अन्य मानिसभन्दा केही फरक र भिन्न हुन्छन् । जसका कारण पनि उनीहरुलाई जुगले चिन्छ । जसमध्ये कसैका ३ वटा खुट्टा त कसैका ४ वटा हात भएको अवस्थाका मानिसहरु पनि देखिएका छन् । तर आज हामी हातमा कान भएका मानिसका बारेमा चर्चा गर्दैछौँ ।

जर्ज बोर्डर नाम गरेका यि नागरिक बेलायतका हुन् । ५६ वर्षे यि पुरुषको हातमा जान्मजात नै कान देखिएको भने होइन हो । जसका कारण यि पुरुष अहिले पनि विश्वविख्यात बनिरहेका छन् । उनले आफूलाई अरु भन्दा फरक देखाउन आफ्नो कानलाई हातमा स्थानान्तरण गरेका हुन्।

आँखामा अन्नो आएर सताउँछ ? यसरी गर्नुहोस् उपचार नत्र आँखामा संक्रमण हुने खतरा
आँखा महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाको हेरचाहा र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन्। सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा ‘आनो’, जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’को संक्रमणका कारण हुन्छ।

लक्षण: – आँखा चिलाइरहनु, – आँखाको परेलीका बाहिरी भाग सुन्निनु र जराको भागमा खटिरा आउनु, – आँखाको ढकनी बिस्तारै सुन्निदै गई दुख्न सुरु हुनु, – उक्त खटिरा रातो हुनु, – आँशु धेरै आउनु, – आँखाबाट चिप्रा निस्किनु – घाममा हेर्न मुस्किल पर्नु, आदि।

उपचार: आँखामा आनो आएपछि घरमै उपचार गरी निको पार्न सकिन्छ। जसका लागि सफा नरम कपडा पानीमा भिजाएर दिनमा ३–४ पटक सेक्नुपर्छ। यसरी सेक्दा पीडा कम हुन्छ र आखाँको वरिपरि सफा गर्न सजिलो हुन्छ। यसरी सेक्दा बन्द रहेका ग्रन्थीलाई खुलाउन पनि मद्दत मिल्छ।आखाँलाई सधैँ सफा राख्नुपर्छ तर मिच्नु हुँदैन। घरमै आनोलाई निचोर्ने पनि सकिन्छ। आनो आएको बेला आँखाको मेकअप गर्नु हुँदैन। चिकित्सको सल्लाहबिना बजारमा पाउने औषधिको प्रयोग गर्नु हुँदैन। अत्यधिक दुखेमा दुखाइ कम गर्ने ट्याब्लेटहरुको प्रायेग गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस