प्रेमीलाई समय दिन नपाएपछि युवतीले खोजिदिइन् नयाँ गर्लफ्रेन्ड

युवा उमेरमा प्रेम गरिन्छ । प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग गर्नु मात्र हो ? धेरैसँग यसको स्पष्ट जवाफ नहुन सक्छ । किनभने हामी ठान्छौं, प्रेमको अन्तिम विन्दु भनेको विवाह हो । त्यसैले जोसँग प्रेम गरिन्छ, उसालाई भावी जीवनसाथीको रुपमा हेर्ने गरिन्छ । भलै सबैको हकमा यस्तो नहुन पनि सक्छ ।

धेरैजसो चाहि के हुन्छ भने, प्रेमी/प्रेमिका नै आफ्नो भावी पति/पत्नी हुन् । त्यसैले प्रेम सम्बन्धलाई बिवाहको पूर्व तयारीको रुपमा पनि लिने गरिन्छ । प्रेम गरिरहँदा प्रेमी/प्रेमिकासँग दाम्पत्य जीवन कसरी बिताउने भनेर चर्चा गरिन्छ । कतिले त फेमेली प्लानिङ समेत गर्न भ्याउँछन् । छोरा जन्माउने कि, छोरी ? नाम के राख्ने ? कहाँ पढाउने ? इत्यादी । हुनसक्छ, प्रेम जीवनलाई रोमान्टिक बनाउन पनि यस्ता परिकल्पनामा डु’ब्ने गरिन्छ ।

तर यहाँ भने हामीले तपाईहरुलाई एउटा समाचारको बारेमा जानकारी दिदै छौ जुन निकै फरक रहेको छ जुन सुन्दा पनि अचम्म लाग्छ । आफ्नो ब्वाइफ्रेन्डको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजीदिने युवती पनि यो दुनियाँमा छन् भन्दा पत्याउन गाह्रो पर्दछ । किनकि जो कोही प्रेमी प्रेमिकाले आफ्नो प्रेम बाँडिएको सहन सक्दैन ।

तर अमेरिकाकी एकजना युवतीले आफ्नो ब्वाइफ्रेन्डलाई यतिधेरै माया गर्छिन् कि उनले प्रेमीको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजिदिएकी छिन् । समाचार अनुसार ती युवतीले प्रेमीलाई निकै प्रेम गर्थिन् तर जागिरका कारण समय दिन भने सक्दिनथिन् ।

डेलीस्टारमा छापिएको खबर अनुसार चनेल बी नामकी युवतीले आफ्नो कथा सोसल मिडियामा राखेकी छिन् । ती युवतीले तीन वटा जागिर गर्दथिन्,जसका कारण उनले आफ्नो प्रेमीलाई समय दिनै सक्दिनथिन् र शा’रीरिक रुपमा पनि खुसी पार्न सकिरहेकी थिइनन् । तर शा’रीरिक सुखको कमीका कारण ब्वाइफ्रेन्डले आफूलाई नछाडोस् भन्ने उनको चाहना थियो ।

प्रेमीप्रतिको प्रेम र विछोडको डरका कारण उनले नयाँ उपाय खोजिन् र आफ्नो ब्वाइफ्रेन्डका लागि एकजना नयाँ गर्लफ्रेन्ड बनाइदिइन् । अहिले तिनैजनासँगै बस्ने गरेको र निकै खुसी रहेको उनको दाबी छ । आफू र प्रेमीको बीचमा तेश्रो युवती आउँदा आफूहरुको सम्बन्ध टु’ट्नबाट जोगिएको उनी बताउँछिन् ।

हरेक दिन तीनवटा जागिर गरेर घर फर्किंदा ब्वाइफ्रेन्डसँग रो’मान्स गर्ने समय आफूसँग नहुने र धेरै काम गर्ने हुनाले थ’काइका कारण रो’मान्सको इ’च्छा पनि नहुने उनको भनाइ छ । त्यसैले आफ्नो प्रेमीको खुसीको लागि उनी स्वयंले दोस्रो युवती खोजिदिइन् ।

ब्वाइफ्रेन्डसँग आफ्नो शा’रीरि’क स’म्बन्ध न’हुँदा झ’ग’डा हुन सुरु भएपछि उनलाई ब्वाइफ्रेन्डले आफूलाई छाडेर जाने हो कि भन्ने लाग्न थालेको थियो । अन्ततः आफ्नो प्रेमसम्बन्ध जोगाउनका लागि उनले यस्तो क’ठोर निर्णय लिएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस