चर्चामा नियाको लेहेङ्गा लुक्स

लिभिजन कार्यक्रम ‘जमाइ राजा २.०’ बाट चर्चामा आएकी नायिका निया शर्मा फेरि एकपटक सञ्चार माध्यममा छाएकी छन् ।उनको हट एण्ड बोल्ड अवतारका कारण उनी पुन: चर्चामा आएकी हुन् ।

सामाजिक संजालमा सक्रिय निया कयौंपटक आफ्नो पहिरन तथा स्टाइलको कारण नराम्रोसँग ट्रोलको शिकार समेत बनेकी छिन । नियाले पछिल्लो समय निलो लेहेङ्गामा खिचिएका तस्विरहरू शेयर गरेकि छिन् ।

उनले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उनले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी हुन् ।

उनी टेलिभिजन शो बाहेक विभिन्न अवार्ड वितरण समारोहमा पनि निकै बोल्ड प्रस्तुती दिएर चर्चामा रहने गरेकी छिन् ।

फ्यानले अभिनेत्रीको यो लुक्सको निकै तारिफ गरेका छन् । कतिले कमेन्ट पनि ठोकेका छन् । कमेन्टमा एउटा युजरले लेखेका छन् ‘तपाईले माहोल जमाउनु भयो ।’

प्रतिक्रिया दिनुहोस