सामाजिक संजाल प्रयोगकर्ताहरूले फेक चिनियाँ प्रोफाइलहरुबाट बृहत् सङ्ख्यामा सञ्चार स्थापनाको लागि अनुरोध प्राप्त गर्दै।

ठूलो सङ्ख्यामा ट्विटर, फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले डिजिटल प्लेटफर्म मार्फत उनीहरूसँग सञ्चार स्थापित गर्न खोज्ने चिनियाँ प्रोफाइलको सङ्ख्या बढेको र अनौठो चिनियाँ खाताबाट सन्देश प्राप्त भएको रिपोर्ट गरेका छन् ।

स्रोतहरूका अनुसार केही ट्विटर एकाउन्टहरूले चिनियाँ प्रोफाइलहरूको संख्या बढेको रिपोर्ट गरेका छन् जसले उनीहरूसँग सोशल मिडियामा सञ्चार स्थापित गर्न खोजिरहेका छन्। यी ट्वीटरमा मात्र सीमित छैनन्। ट्वीटर, इन्स्टाग्रामलगायत फेसबुकमार्फत अपरिचित चिनियाँ अकाउन्टबाट पनि सन्देश प्राप्त गरेको स्रोतले जनाएको छ।

ट्विटरले डिसेम्बरको शुरुमा चिनियाँ सरकार संग लिङ्क भएका एकाउन्टहरु हटाउने घोषणा गरेपछि यो आएको हो। चीनको कम्युनिस्ट पार्टी (सीसीपी)लाई झिन्जियाङ क्षेत्र र उइघुर जनसंख्याको बारेमा प्रोपोगन्डा बढाउने २,०४८ एकाउन्टहरु र सिन्जियाङका क्षेत्रीय सरकारको तर्फबाट कार्य गर्ने निजी कम्पनी चाङयु संस्कृतिका ११२ एकाउन्टहरु हटाउने घोषणा गरेको थियो।

स्ट्यानफोर्ड इन्टरनेट अब्जर्वेट्रीको ट्विटर टोलीले यी दुई सञ्जालको विश्लेषण गरेको थियो। ट्विटरले पत्ता लगाएअनुसार नेटवर्कहरूले झिन्जियाङमा उइघुरहरूको बारेमा सीसीपीको कथाहरू, चिनियाँ राज्य नियंत्रित मिडियाबाट प्रसारित सामग्रीहरू वा प्रान्तमा उनीहरूको जीवन कति महान् छ भन्ने बारेमा पोस्ट हुन्थ्यो।

प्रतिक्रिया दिनुहोस