१ करोडको जागिर छाडेर १० हजार तलबमा व्यवसाय शुरु गरेकी विनिताले बनाइन् ३० अर्बको कम्पनी !

‘मलाई नयाँ काम गर्नका लागि डर लाग्थ्यो । किनभने मलाई असफलतासँग डर लाग्थ्यो र नयाँ काममा असफल हुने सम्भावना धेरै थियो । तर मलाई यो पनि थाहा थियो कि एक दिन यस्तो आउने छ र जब म असफल हुनेछु ।

यही चूनौती स्वीकार गर्दै मैले १ करोड भारुको प्याकेज भएको आकर्षक जागिर छाडेर मासिक १० हजार भारु आम्दानी हुने आफ्नै व्यवसाय शुरु गरे ।’शुरुवाती दिनमा म लगानीकर्ता खोजी गर्दै कैयन ठाउँमा पुगे । व्यवसायको आइडिया सुनाएँ, तर जवाफमा निराशा मात्रै हात लाग्थ्यो ।

उनीहरु भन्थे, ‘हामी तिम्रो कम्पनीमा किन लगानी गर्ने ? तिमीसँग ब्राण्ड बनाउने अनुभव पनि त छैन ।’यो कथा हो, भारतीय कम्पनी सुगर कस्मेटिककी संस्थापक तथा सीइओ विनिता सिंहको ।जसले वार्षिक १ करोड भारुको भीआइपी जागिर छाडेर मासिक १० हजार रुपैयाँ मासिक तलबमा काम गर्दै ३ हजार करोड भारुको कम्पनी बनाइन् ।

हालसालै भारतीय टेलिभिजन च्यानल सोनीबाट प्रसारण भइरहेको ‘द सार्क ट्यांक इन्डिया’मा सार्कका रुपमा करोडौं व्यक्तिको टेलिभिजन र मोबाइलमा पुगेपछि उनको चर्चाको ग्राफ पनि उसैगरी बढेको छ । उनको सर्वत्र प्रशंसा भइरहेको छ ।उनको एउटै मन्त्र छ, ‘बिजनेश बनाउन गाह्रो छ तर असम्भव छैन ।’

उनका आमा र बुबा दुबै पीएचडी डाक्टर । बुबा र आमाको एउटा लक्ष्यमा काम गरिरहेका थिए । विश्वमा सबैभन्दा धेरै प्रोटिनको खोज गर्नुछ ताकी धेरैभन्दा धेरै औषधि बनाउन सकियोस र कैयन रोगहरुको उपचार गर्न सकियोस् ।बुबाको त्यो लक्ष्यलाई विनिताले पनि लक्ष्य बनाइन् ।

अर्थात् ब्राण्ड भारतमा मात्रै होइन विश्वमै स्थापित बनाउँछु भन्ने मनमा अठोट लिइन् ।पढाइमा सानैदेखि अब्बल उनले गुजरातमा प्रारम्भिक शिक्षा पूरा गरिन् । त्यसपछि उनी बुबा र आमासँग दिल्ली पुगिन् । त्यहाँ उनले सन् १९८७ देखि २००१सम्ममा दिल्ली पब्लिक स्कुल आर के पुरनमा बाँकी विद्यालयको अध्ययन पूरा गरिन् ।

त्यसपछि उनी इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, मद्रास र इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट अहमदाबादमा पनि अध्ययन गरिन् । उनले बीटेक र एमबीए अध्ययन पूरा गरेकी छन् ।उनले दिल्लीमै रहँदा तत्कालीन समयमा साथीसँग मिलेर शुरु गरेको म्याग्जिन बिक्री गर्न घरघरमा पुगेर ३ रुपैयाँमा बिक्री गर्न थालिन् ।

तर ३ रुपैयाँमा पनि म्याग्जिन बिक्री गर्न निकै गाह्रो थियो । यसले उनलाई आगामी दिनमा लिइने निर्णयमा पाठ बन्यो ।औपचारिक शिक्षा पूरा गरेपछि उनले जागिरका लागि आवेदन दिइन् । जहाँ उनले वार्षिक १ करोड भारुको प्याकेज पाइन् । तर उनी त्यतिमा मात्रै सन्तुष्ट भइनन् ।

२३ वर्षको उमेरमा उनले निरन्तरतामा क्रमभंगता गर्दै सहज बाटो छाडेर अप्ठ्यारो बाटो हिँड्ने निधो गरिन् ।उनले आइआईटीमा पढाइको दौरानमै आफ्नै व्यवसाय गर्ने सोच बनाएकी थिइन् । तर कुन व्यवासय भन्ने मनमा थिएन । उनले एमबीए गर्दै गर्दा उद्यमी कसरी बन्ने भन्ने केही ज्ञान प्राप्त गरिन ।

२३ वर्षको उमेरमा आकर्षक तलब भएको जागिर छाडेर उनी आफ्नै कम्पनी शुरु गर्ने निधो गरिन् । र, उनी बम्बई पुगिन ।त्यहाँ उनी सामान्य घरमा बस्न थालिन् । मनग्ने खर्च गर्नका लागि बजेट कम थियो । अवस्था यस्तो पनि आयो कि उनलाई फेरि जागिर शुरु गर्ने हो भने समस्या त हुँदैनथ्यो भन्ने भयो ।

यसबीच उनले शुरु गरेको भेञ्चर कम्पनीले पनि खासै प्रगति गर्न सकिने ।उनीहरुको पहिलो योजना थियो कि महिलाका भित्री वस्त्र उत्पादन गर्ने र त्यसलाई वर्ल्ड क्लास ब्राण्ड बनाउने । यसका लागि उनले लगानीकर्ताकहाँ पुगिन् । जहाँ जहाँ पुगिन् त्यहाँबाट उनलाई अस्वीकार मात्रै हात लाग्यो ।

यसबीचमा उनले फ्याब ब्याग कम्पपनीमा जोडिइन् । उनले यसबीच कैयन रिसर्च पनि गरिन् । जसबाट उनले भारतमा अझै पनि गुणस्तरीय ब्यूटी प्रडक्टको अभाव भएको पत्ता लगाइन् र यस क्षेत्रमा केही गर्न सकिन्छ भन्ने ठानिन् । र, जन्माइन ‘सुगर कस्मेटिक’ ।

यद्यपि उनी आफ्नो लक्ष्यबाट डगमगाइनन् बरु लड्ने अठोट गरिन् । तर अर्को समस्या निस्कियो । उपभोक्ताले पनि तिम्रो ब्राण्ड नै किन किन्ने ? भन्ने प्रश्न तेर्साए । तै पनि व्यवसाय धिमा गतिमा भने चलिरहेकै थियो ।कम्पनी सञ्चालन भएको ५ वर्षपछि वार्षिक ३/४ करोडको व्यापार गर्ने हैसियत त बन्यो तर अपेक्षाकृत ब्राण्डले सफलता पाएन् ।

अर्थात् अन्तर्राष्ट्रिय बजारमा धमाका दिने खालको भएन ।त्यसपछि उनले सन् २०१२ मा उनले श्रीमानसँग मिलेर ई–कमर्श कम्पनी शुरुवात गरिन । जहाँ उनीहरुले ब्यूटी प्रडक्ट बिक्री गर्ने योजना बनाए ।तत्कालीन समयमा ठूला भनिएका ब्राण्डहरु धनी महिलाका लागि मात्रै लक्षित गरेर बनाउँदै आएका थिए र त्यस्ता कम्पनीहरु ई–कमर्शमा अभ्यस्त भइसकेकका पनि थिएनन् ।

यही ग्यापलाई हेर्दै उनीहरुले सुगर कस्मेटिकका नामबाट ब्यूटी प्रडक्ट उत्पादन शुरु गरे । यो अन्य ब्राण्डभन्दा केही कुरामा फरक थियो । गुणस्तरमा अब्बल थियो, सबै खाले महिलाका लागि लक्षित थियो ।ई–कमर्श व्यवसायमा देखिएको ग्यापमा सुगर कस्मेटिकले पूरा गर्यो । र, कम्पनी रातारात लोकप्रिय बन्दै गयो ।

आजका दिनमा कम्पनीको भ्यालुएसन ३ हजार करोड भारु बराबरको पुगेको छ ।‘अरुलाई लाग्न सक्छ, सुगर कस्मेटिक निकै छिटो लोकप्रिय भयो, तर त्यस्तो होइन,’ उनी भन्छिन्, ‘कम्पनीलाई आजका दिनमा ल्याउनका लागि निकै ठूलो समय र मिहेनत खर्चिएको छ ।’आज उनको कम्पनीमा १५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । जसमा ७५ प्रतिशत महिला कर्मचारी छन् ।

कम्पनीसँगै उनले २ जना सन्तान पनि हुकाइन् ।‘म जब यो म्याराथुन दौड दौडन शुरु गरेकी थिए तब म ६ महिनाकी गर्भवती थिए, यस्तो अवस्थामा मलाई कम्पनी सञ्चालन गर्दै सन्तान हुर्काउनु आफैमा निकै चूनौतीपूर्ण थियो, तर म कत्ति पनि बिचलित भइन्,’ उनी भन्छिन् ।आज उनको कम्पनीले लिपस्टिक, आइलाइनर, स्किन केयर, फेस मेकअप लगायतका कैयन प्रडक्ट छन् ।क्लिकमाण्डू

प्रतिक्रिया दिनुहोस