नायिका बन्ने बाटोमा अन्जु पन्तकी छोरी परितोशिका

काठमाडौं,गायिका अन्जु पन्तकी छोरी परितोशिका पन्त मोडलिङ हुँदै चलचित्र यात्रामा लाग्ने तयारीमा छिन् । अन्जु आफै पनि अब छोरीलाई मोडलिङमा ल्याउने बताउँछिन् ।परितोशिका आफ्नी आमाको जस्तो स्वर आफ्नो नभएको र आफू त्यो तहमा नपुग्ने भन्दै गायन पेशमा नलाग्ने बताउँछिन् ।

हालै मात्र उनी अभिनित म्यूजिक भिडियो ‘धेरै माया नदेउ’ सार्वजनिक भएको छ । यो गीतबाट मोडलिङ यात्रा थालेकी परितोशिका अन्जु पन्तकी छोरी भनेर मानिसहरुले गर्ने मुल्यांकनका कारण खुशी पनि छिन् र दिक्क पनि ।साना–साना गल्ती गर्दा पनि अन्जु पन्तकी छोरी भएर यस्तो गर्ने भन्दा उनको मन दुख्छ ।

यो पनी:छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम कम
तीव्र गतिमा हिँड्नु मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुने अध्ययनले देखाएको छ ।अमेरिकाको ब्राउन युनिभर्सिटीको अनुसन्धानले ढिलो हिँड्ने महिलाको तुलनामा छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम ३४ प्रतिशतले कम हुने दाबी गरेको छ । अध्ययनको लागि ५० देखि ७९ वर्षका २५ हजार एक सय ८३ महिलाहरूको स्वास्थ्य रेकर्ड र हिँड्ने गति १७ वर्षसम्म विश्लेषण गरिएको थियो ।

यस अवधिमा एक हजार चार सय ५५ महिलालाई हृदयघात भएको पाइयो । हिँड्ने गति चार दशमलव आठ किमी प्रतिघण्टाभन्दा बढी रहेको दाबी गर्ने महिलामा हृदयघातको जोखिम ३४ प्रतिशत कम थियो भने औसत तीन दशमलव दुई किमी प्रतिघण्टा रहेकामा हृदयघातको जोखिम २७ प्रतिशत कम रेहेको अध्ययनले देखाएको हो ।

जोखिममा परेका महिलाको मुटुबाट शरीरमा पर्याप्त रगत पुग्ने प्रक्रियामा बाधा पुगेको अध्ययन प्रमुख लेखक डा. चार्ल्स इटन बताउँछन् । उनका अनुसार यो वृद्धावस्थाको समस्या हो जसलाई जीवनशैलीमार्फत सुधार गर्न सकिन्छ । तीव्र गतिमा हिँड्दा शरीरमा रक्तसञ्चारको प्रक्रिया सन्तुलित रहन्छ । मुटुले राम्रो काम गर्छ । जसकारण मुटुसँग सम्बन्धित अन्य समस्याहरूको जोखिम पनि कम हुन्छ ।​​​​​​​

प्रतिक्रिया दिनुहोस