बलिउड अभिनेत्रीहरुको नामको अर्थ के ?

हरेक व्यक्तिको नाम भित्र केही न केही अर्थ लुकेको हुन्छ । अझ फिल्मका कलाकारको नामको अर्थमा दर्शकको चासो बढी नै हुन्छ । बलिउडका ६ अभिनेत्रीको नामको अर्थ आफैंमा रोचक छ।अभिनेत्री कंगना रनावत बोलीका कारण चर्चामा आइरहने अभिनेत्री हुन् । उनी सामाजिक सञ्जालमा बढी विवादमा छाइरहन्छिन् । यिनै कंगनाको नामको अर्थ हो ‘ब्रासलेट ।

अभिनेत्री यामी गौतमको पनि नामको अर्थ छ । यामीको अर्थ हो ‘चम्किरहेको तारा’।अभिनेत्री अनन्या पाण्डेको नामको अर्थ खोज्दा अनन्याको अर्थ ‘सबैभन्दा अलग अथवा अद्भुत’ हो ।
त्यस्तै करीना कपूरको नामको अर्थ करीना अर्थात् ‘फूल’ या ‘निर्दोष’ हो ।कियारा आडवाणीको नामको अर्थ कियारा अर्थात् इटालियन भाषामा ‘चमकदार’ हुन्छ । हिन्दु धर्ममा कियारालाई ‘भगवानको बहमुल्य उपहार’ मानिन्छ ।

यो पनी:छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम कम
तीव्र गतिमा हिँड्नु मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुने अध्ययनले देखाएको छ ।अमेरिकाको ब्राउन युनिभर्सिटीको अनुसन्धानले ढिलो हिँड्ने महिलाको तुलनामा छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम ३४ प्रतिशतले कम हुने दाबी गरेको छ । अध्ययनको लागि ५० देखि ७९ वर्षका २५ हजार एक सय ८३ महिलाहरूको स्वास्थ्य रेकर्ड र हिँड्ने गति १७ वर्षसम्म विश्लेषण गरिएको थियो ।

यस अवधिमा एक हजार चार सय ५५ महिलालाई हृदयघात भएको पाइयो । हिँड्ने गति चार दशमलव आठ किमी प्रतिघण्टाभन्दा बढी रहेको दाबी गर्ने महिलामा हृदयघातको जोखिम ३४ प्रतिशत कम थियो भने औसत तीन दशमलव दुई किमी प्रतिघण्टा रहेकामा हृदयघातको जोखिम २७ प्रतिशत कम रेहेको अध्ययनले देखाएको हो ।

जोखिममा परेका महिलाको मुटुबाट शरीरमा पर्याप्त रगत पुग्ने प्रक्रियामा बाधा पुगेको अध्ययन प्रमुख लेखक डा. चार्ल्स इटन बताउँछन् । उनका अनुसार यो वृद्धावस्थाको समस्या हो जसलाई जीवनशैलीमार्फत सुधार गर्न सकिन्छ । तीव्र गतिमा हिँड्दा शरीरमा रक्तसञ्चारको प्रक्रिया सन्तुलित रहन्छ । मुटुले राम्रो काम गर्छ । जसकारण मुटुसँग सम्बन्धित अन्य समस्याहरूको जोखिम पनि कम हुन्छ ।​​​​​​​

प्रतिक्रिया दिनुहोस