चर्चामा शान्ति श्री परियारको नँया गीत ‘ए मैना’

काठमाडौँ – नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय राम्रा सृजनाको खोजि हुन थालेको छ यसैको फल स्वरूप अमेरिकामा बस्दै आउनु भएका एक कुशल सृजनाकर्ता तथा बौद्धिक व्यक्ति दिपक केसीको नया गीत बजारमा आएको छ, गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘ए मैना‘’ गीत रिजिल भएको छ ।मंगलबार उक्त गीतको भिडिओ झझल्को डिजिलको अफिसिय युटुव मार्फत रिजिज गरिएको हो ।

प्रवासमा रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ ।गीतमा प्रेमील जोडि विचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ । राम केसीको छायाँकनमा तयार पारिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।दिलिप रेग्मीको निर्देशनमा भिडिओ तयार गरिएको छ । ‘ए मैना’ गीतको भिडिओमा मोडल लोमस शर्मा र नायिका नम्रता सापकोटाको दमदार अभिनय देख्न सकिन्छ।

हेरौ भिडियो:-

यो पनि :-पत्थरी छ ? उसोभए पत्थरीबाट जोगिन को लागि गर्नुस् यी ७ काम
मानिसहरुलाई पत्थरीको समस्या आम रुपमा नै हुन्छ । गर्मी मौषममा त पत्थरीका विरामी ४० प्रतिशतले वृद्धी हुने चिकित्सकहरु बताउँछन् । पत्थरी हुनुको मुख्यकारण शरीरमा पानीको कमी, तापक्रम, आद्रता लगायत हुन् । नेपालमा लाखौं मानिस पत्थरीबाट पीडित छन् ।यहाँ पत्थरीबाट जोगिनका लागि गर्नु पर्ने ७ कामको चर्चा गरिएको छ ।

१ प्रयाप्त पानी पिउनुस्ः गर्मी मौषममा पत्थरी हुने मुख्य कारण पानीको कमी हो । गर्मीमा शरीरमा पानीको माग बढी हुन्छ । कम्तिमा २ घण्टामा बाथरुम जानु हुन्न भने बुझ्नुस् तपाइँले कम पानी खाँदै हुनुहुन्छ । गर्मीमा प्रयाप्त पानी पिउनु पत्थरीबाट मुक्ति पाउने एउटा सरल उपाय हो ।

२ कागतीको शरवतः गर्मी मौषममा कागती हालेर बनाएको शरवत राम्रो हुन्छ । यसले पत्थरीबाट जोगाउँछ । यसले पेटमा हुने समस्याबाट पनि जोगाउँछ ।

३ सोडाबाट टाढै रहनुस्ः आजकल खानामा सोडा मिसाउने चलन आमरुपमा नै छ । तर पत्थरीका लागि भने सोडा घातक मानिन्छ । पत्थरीबाट बँच्नका लागि सोडा हुने खानाबाट बँच्नुस् । गर्मीमा आइस टी, चकलेट, रुबाब र स्ट्रबेरी सेवन नगरेकै राम्रो ।

४ क्याफिन नखानुस्ः गर्मी मौषममा पत्थरीबाट बँच्नका लागि गर्मी महिनामा चिया कफी नखाएको राम्रो मानिन्छ । किन भने चिया कफीमा क्याफिनको मात्रा उच्च हुने हुँदा यो पत्थरीका लागि घातक मानिन्छ । क्याफिनले शरीरमा पानीको कमी हुने अवस्था उत्पनन्न गराइँदिन्छ । चिया कफीको साटो पानी प्रयाप्त मात्रामा पिउनु राम्रो मानिन्छ ।

५ नून कम खानुस्ः गर्मीमा पत्थरीबाट बँच्नका लागि नुनको सेवन कम गर्नु नै राम्रो मानिन्छ । सँधै खाने भन्दा पनि कम नून गर्मी महिनामा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । नुनले पत्थरी हुने खतरा बढाउँछ ।

६ डाक्टरको सल्लाहः गर्मीमा पत्थरीबाट बँच्नका लागि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । निरन्तर चिकित्सकको परामर्श लिनुस् । पत्थरीबाट बँच्नका लागि सेवन गर्न सकिने औषधीबारे जानकारी लिन पनि चिकित्सकसँग सल्लाह लिनु राम्रो मानिन्छ । कतिपय औषधीले पत्थरीको सम्भावना कम गर्न मद्धत गर्छन् ।

७ प्रोटिन ठिक्क खानुस्ः पत्थरीबाट बँच्नका लागि प्रोटिनको मात्रा नियन्त्रित खानु पर्छ । खानमा माछा मासु र अण्डामा जोड गर्नु भन्दा शाकाहारी भोजनमा जोड दिनुस् । प्राकृतिक शाकाहारी भोजनबाट प्रोटिनको मात्रा पुरा गर्नुस् ।

प्रतिक्रिया दिनुहोस