काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्दै

काठमाडौँ, काठमाडौं उपत्यकामा सवारीसाधनमा लगाइएको जोर विजोर प्रणाली हट्ने भएको छ। कोरोना संक्रमण दर घटेको कारण कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले जोर विजोर प्रणाली हटाउन सिफारिस गरेको जनाइएको छ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकपछि सोमबारदेखि लागू हुनेगरी जोर विजोर प्रणाली हटाइने बताइएको छ। अहिले निजी सवारीसाधन र ट्याक्सीमा जोर विजोर प्रणाली लागू रहेको छ। चर्को विरोधपछि यसअघि सार्वजनिक यातयातको जोर विजोर हटाइएको थियो।त्यस्तै विद्यालयको हकमा भने माघ महिनाभरि बन्द कायमै रहने बताइएको छ। फागुनदेखि विद्यालय खुल्नसक्ने सीसीएमसीका अधिकारीहरुले बताएका छन्।

याे पनि :छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम कम
तीव्र गतिमा हिँड्नु मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुने अध्ययनले देखाएको छ ।

अमेरिकाको ब्राउन युनिभर्सिटीको अनुसन्धानले ढिलो हिँड्ने महिलाको तुलनामा छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम ३४ प्रतिशतले कम हुने दाबी गरेको छ । अध्ययनको लागि ५० देखि ७९ वर्षका २५ हजार एक सय ८३ महिलाहरूको स्वास्थ्य रेकर्ड र हिँड्ने गति १७ वर्षसम्म विश्लेषण गरिएको थियो ।

यस अवधिमा एक हजार चार सय ५५ महिलालाई हृदयघात भएको पाइयो । हिँड्ने गति चार दशमलव आठ किमी प्रतिघण्टाभन्दा बढी रहेको दाबी गर्ने महिलामा हृदयघातको जोखिम ३४ प्रतिशत कम थियो भने औसत तीन दशमलव दुई किमी प्रतिघण्टा रहेकामा हृदयघातको जोखिम २७ प्रतिशत कम रेहेको अध्ययनले देखाएको हो ।

जोखिममा परेका महिलाको मुटुबाट शरीरमा पर्याप्त रगत पुग्ने प्रक्रियामा बाधा पुगेको अध्ययन प्रमुख लेखक डा. चार्ल्स इटन बताउँछन् । उनका अनुसार यो वृद्धावस्थाको समस्या हो जसलाई जीवनशैलीमार्फत सुधार गर्न सकिन्छ । तीव्र गतिमा हिँड्दा शरीरमा रक्तसञ्चारको प्रक्रिया सन्तुलित रहन्छ । मुटुले राम्रो काम गर्छ । जसकारण मुटुसँग सम्बन्धित अन्य समस्याहरूको जोखिम पनि कम हुन्छ ।​​​​​​​

प्रतिक्रिया दिनुहोस