काठमाडौंको मनहरा करिडोरबाट दुई युवक पक्राउ, शंका लागेर डेरा पुग्दा छक्क पर्‍यो प्रहरी

२३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ स्थित नरेफाँट मनहरा करिडोरबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएर अहिले ललितपुरको इमाडोल बस्दै आएका २० वर्षीय अनुज मण्डल र २० वर्षीय अबिशेष शाह छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले अरोपीहरुको साथबाट ३ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल नुफ्रिन र ३ सय एम्पुल फेनारगन बरामद गरेको छ ।आरोपीहरुमाथि लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ‘एसपी’ दिनेशराज मैनालीले बताए ।

यस्तै, काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले लागु औषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–९ घर भएका २१ वर्षीय संजय कुमार महतो छन् ।

रौतहटको गौरबाट ना.७ ख ४७४९ नम्बरको बसमा काठमाडौं आएका महतोलाई शनिवार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

उनको साथबाट प्रहरीले ६ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुर्फिन बरामद गरेको छ । आरोपीलाई लागु औषध नियन्त्रण ऐन अनुसार महानगरीय प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस