काठमाडौं उपत्यकाका सर्वसाधारणको लागि यस्ताे छ प्रशासनको नयाँ आदेश

काठमाडौं , संक्रमणलाई मध्यनजरमा राख्दै केही पूराना आदेशहरूलाई परिमार्जन गरेको छ। तर सबै प्रकारका आमसभा, जुलुस, भला, सम्मेलन, जात्रा लगायत भि’डभा’ड हुने कार्यहरू नगर्न आदेश दिएको छ।

फागुन १ गतेदेखि काठमाडौं उपत्यकामा शैक्षिक संस्था सञ्चालन गर्न पाउने भएको छ। बैठकले विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय गरेको हो।

तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीको हकमा नियमित र नभएका विद्यार्थीको हकमा संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनेको छ।
विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्न आदेश दिएको हो। साथै सबै परीक्षाहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ। तर स्वास्थ्यका मापदण्डको पालना गर्न आदेश दिएको छ।

यस्तै प्रशासन कार्यालयले उपत्यकामा जोरबिजोर प्रणाली पनि हटाएको छ। योसँगै प्रशासनले फागुन १ गतेदेखि लागुहुनेगरी नाइट क्लबहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ।संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै मध्यरातिबाट निर्णय लागू भएकाे हाे ।७ माघ मध्यरातिदेखि जाेरबिजाेर लागू भएकाे थियाे । त्यसपछि १४ माघमा संशाेधन गर्दै सार्वजनिक सवारीसाधनमा जाेरबिजाेर हटाइएकाे थियाे । तर, निजी सवारीसाधनमा भने जाेरबिजाेर कायमै थियाे।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले काेराेना महामारीमा जारी स्वास्थ्य मापदण्डकाे पालना गर्नेगरी जाेरबिजाेर हटाइएकाे बताए । उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस