चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा ह राएका ५ जनाको उद्धार

काठमाण्डौ, काठमाण्डौको चन्द्रागिरि घुम्न गएको बेला ह राएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।हिउँ खेल्न गएर फर्किने क्रममा जङ्गलको बाटोमा ह राएका उनीहरुको गएराति उद्धार गरिएको प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिएका छन्।

हिउँ खेलेर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङको उद्दार गरिएको हो ।

उनीहरूले आफूहरूले बाटो भुलेको भनेर राति साढे आठ बजे घरमा खबर गरेका थिए। घरका अरु सदस्यहरूले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भएको थियो । खोजीमा विपद व्यवस्थापन गुल्म सामाखुसीका सदस्यहरूसमेत रहेका थिए ।

बाटो भुलेर भिरमा बसिरहेको अवस्थामा उनीहरुको उद्धार गरिएको थियो। उनीहरू सबै सकुशल रहेका थानकोट प्रहरीका इन्सपेक्टर रामप्रसाद सापकोटाले बताएका छन् । उद्धारपछि स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा समेत लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस