गाडी चढ्ने ११ नेपाली नायिकाः को चढ्छन् कती मँहगो कार ?

कलाकारको जीवनशैली कस्तो होला भनेर जिज्ञासा हामी सबैमा हुने गर्दछ ।पछिल्लो समय नेपाली सिने क्षेत्रका थुप्रै नायक नायिकाहरू गाडी चढेर हिँड्ने गर्छन् । फिल्म उद्योगमा आफ्नै सवारीसाधन नभएका कलाकार भेट्न मुस्किलै छ।
पछिल्लो समय आफ्नै कार भएका हिरो–हिरोइन, गायक–गायिका तथा मोडल भेट्न मुस्किल पर्ने अवस्था देखिन थालेको छ। फिल्म, मोडलिङ, विदेश /स्वेदश प्रोग्राम तथा म्युजिक भिडियोबाट समेत मनग्गे आम्दानी हुने भएकाले कलाकारहरु महँगो जीवनशैली व्यतित गर्न थालेका छन् ।

पछिल्लो समय फिल्म र कार्यक्रम बन्द भएपनि म्युजिक भिडियोबाट कतिपय कालकारले राम्रो कमाइ गरिरहको समेत पाइन्छ।हामी चर्चित महिला कलाकारहरु कस्तो गाडी चढ्छन् त यसबारे आज चर्चा गर्दैछाै।

१-पूजा शर्मा
अभिनेत्री पूजा शर्मा इको स्पोट नामक कार चढ्दै आएकी थिइन् । तर पूजाले केहि समय अघि ७० लाखको क्रेटा गाडी किनेकी छन।

२-प्रियंका कार्की
आयुष्मान देशराज जोशीसंग बिवाह गरेकी प्रियंका कार्की दर्शकहरुले एकदमै रुचाएइकी अभिनेत्री हुन् । उनि साढे तेत्तीस लाख मूल्य बराबरको टाटाको जेस्ट र असी लाख भन्दा धेरै मूल्य पर्ने हुन्डाईको टक्सन गाडी चढ्छिन । उनि विशेष काम पर्दा मात्र टक्सन गाडीमा हिड्ने गर्छिन । भने पछिल्लो समय उनले डस्टर गाडी पनि खरिद गरेकी छन् ।

३-एलिजा गौतम
पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी अभिनेत्री तथा मोडल एलिजा गौतम सुजुकीको ब्रेजा गाडी चढ्छिन् । यो गाडी उनको बुबाले किनिदिएका हुन् । अहिले यो गाडीको मूल्य ४१ लाख भन्दा माथी छ । ब्रेजाको पिकअप, हाइट, लुक्स राम्रो लाग्ने उनी बताउँछिन् ।

४-रेखा थापा
कुनै समयकी चर्चित नायिका रेखा थापा पनि गाडीहरु फेरी फेरि चढ्ने कलाकार हुन् । अहिले उनि ५९ लाख मूल्य पर्ने डाइसात्सुको तेरियस गाडी चढ़छिन । उनि समय समयमा गाडी फेरेर चढ्छिन् ।

५-शिल्पा पोखरेल
शिल्पाले भक्स वागेनको पोलो १।१ किनेकी छन् जसको नेपाली बजार मूल्य ३३ लाख पर्छ । शिल्पाले पनि आफ्नै कमाईले यो कार किनेकी हुन्। म्युजिक भिडियो हुँदै सिनेमामा आएकी शिल्पा पछिल्लो समय ब्यस्त नै छन् ।

६-करिश्मा मानन्धर
अभिनेत्री करिश्मा मानन्धर निसानको किक गाडी चढ्छिन् । उनले यो गाडी १ वर्ष पहिले खरिद गरेकी हुन् । ड्राइभिङमा सौखिन रहेकी मानन्धरले यो गाडी किनेपछि काठमाडौंदेखि पोखरासम्मको लामो यात्रा गरेकी छिन् । उनले यसअघि हुन्डाई आइ टेन र हुन्डाई आइ ट्वान्टी चढेकी थिइन् । अहिले चढिरहेको किकको लुक्स, लक्जरियस, भित्री डेकोरेसन मनपर्ने उनी बताउँछिन् । साथै, उनको बसाई गोदावरी भएकाले बाटोका कारण पनि किक सहज भएको उनको अनुभव छ । यसको मूल्य ४८ लाख भन्दा बढी पर्छ ।

७-वर्षा शिवाकोटी
चर्चित हिरोइन वर्षा सिवाकोटी पनि कारधनी भएकी छिन् । उनले होन्डा सिटी कार किनेकी हुन् । कार किन्नुअघि उनी स्कुटरमा कुद्ने गर्थिन् । यो कारको मूल्य ५३ लाख भन्दा माथि पर्छ।

८-झरना थापा
अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाले आफैँ कार चलाउन थालेको त झन्डै डेढ दशक पुग्न लाग्यो । सुरुमा टोयटा कार कुदाउने गरेकी उनले त्यसपछि पेरेडुवा चढिन् । वेलावेलामा गाडी फेरिरहन मन लाग्छ । झरना पछिल्लो समय टेरियस चढ्छिन् ।

९-श्वेता खड्का
श्वेता खड्का धेरै गाडी फेर्ने नायिकामा पर्छिन् । उनले सबैभन्दा सुरूमा i-10 गाडी चढ्थिइन् । उनले अहिले छैटाैँ गाडीको रूपमा १ करोड हाराहारीको नयाँ गाडी चढ्ने गरेकी छन ।

१०-स्वस्तिमा खड्का
नायिका स्वस्तिमा खड्काले पनि मँहगो गाडी चढ्छिन् । उनले केहि महिना अघि नयाँ गाडी परिवर्तन गरेकी छन् । बझिए अनुसार उनको गाडी क्रेटा हो । जसको मूल्य ७० लाख हाराहारी पर्छ ।

प्रतिक्रिया दिनुहोस