सुन्दरताका खानी यी ५ अभिनेत्री अझै छन् बुढीकन्या, भेटेका छैनन् मिस्टर परफेक्ट

काठमाडौं, हाम्रो समाजमा विवाहलाई लिएर विशेष नियमहरु रहेका छन् । प्रायः युवती २३ वर्षकी भएपछि समाजले उनलाई विवाहका लागि दबाब दिन थाल्छ ।तर पनि समाजको दबाब थेग्दै बिहे नगर्ने धेरै अभिनेत्रीहरु पनि रहेका छन् । नेपालमा मात्रै नभई भारतमा पनि धेरै कलाकारले बिहे गरेका छैनन् ।केही भोजपुरी अभिनेत्रीहरु छन्, जसले समाजको कुरा भन्दा आफ्नो करियरलाई बढी महत्व दिएकी छिन् । त्यसैले करियरको विशेष मोडमा पुग्दा पनि उनीहरु अविवाहित छन् ।

यो सूचीमा आम्रपाली दुबेको नाम पहिलो नम्बरमा छ । आम्रपाली दुबे भोजपुरी चलचित्र उद्योगको चर्चित अनुहार हुन् । आम्रपाली दुबेले आफ्नो करियरमा अहिलेसम्म धेरै सुपरहिट फिल्म दिएकी छिन् । पछिल्लो समय उनका म्युजिक भिडियोहरु पनि निकै हिट भइरहेका छन् । ७ वर्षको उमेरमा अभिनय यात्रा सुरु गरेकी नायिका ३५ वर्षकी भइन् तर अहिलेसम्म उनले मिस्टर परफेक्ट पाउन सकेकी छैनन् ।

भोजपुरी क्वीन अक्षरा सिंहले दिनप्रतिदिन आफ्नो प्रतिभा मात्र देखाउँदैनन्, आफ्नो सौन्दर्यले मानिसहरूलाई पागल पनि बनाइरहेका छिन् । अक्षरा सिंहको नाम र काम दुवै भोजपुरी सिनेमामा बोल्छन् । आफ्नो कडा परिश्रम र प्रतिभाको आधारमा मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाएकी अक्षरा सिंह कुनै समय पवन सिंहसँग सम्बन्धमा थिइन् । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । पवन सिंहसँगको ब्रेकअपपछि अक्षरा सिंह एकल छिन् ।

भोजपुरी सिनेमाकी चर्चित अभिनेत्री रानी चटर्जी आजकल विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । पछिल्ला केही वर्षमा उनको करियरको ग्राफ निकै तिव्र गतिमा अगाडि बढेको छ । आज रानी चटर्जीका लागि एक नभई करोडौं मानिस पागल छन् तर उनी कसको लागि पागल छिन् भन्ने खुलेको छैन । रानीको मनमा कस्ले राज गर्छ भन्ने कुरा समय आएपछि थाहा हुने विश्वास गरिएको छ ।

काजल राघवानी भोजपुरी सिनेमाकी ती नायिका हुन्, जसको पूरा ध्यान आफ्नो करियरमा छ । यतिबेला काजल राघवानी आफ्नो काममा यसरी डुबेकी छिन् कि अन्य मानिसहरुसँग घुलमिल हुने मनसाय नै देखिएको छैन ।

अभिनेत्री हुनुको अलावा, मधु शर्मा एक फिल्म निर्माता पनि हुन्, जसले अहिलेसम्म धेरै भोजपुरी र मराठी फिल्महरू निर्माण गरिसकेकी छन् । मधुले सन् २०१२ मा फिल्म ‘एक दुजे के लिए’ बाट भोजपुरी सिनेमामा यात्रा सुरु गरेकी थिइन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हर्नु परेन् । अचम्मको कुरा के छ भने सफलताको शिखरमा पुगे पनि मधु अझै अविवाहित छिन् ।

समाज र परिवारको दबाबमा नआएर आफ्नो खुसीले विवाह गर्नुपर्छ भन्ने कुरा यी अभिनेत्रीहरुले प्रष्ट पारेका छन् । जबसम्म तपाईं विवाहको लागि तयार हुनुहुन्न, सम्बन्धमा जबरजस्ती हुनुको कुनै फाइदा छैन । अर्कोतिर धेरै अभिनेताहरु पनि छन्, जसले उमेर बिते पनि विवाह गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस