छोरी ‘ग र्भवती’ हुने ड रले ३ महिने सुई लाइदिने गरेकी छु’ : आमा !

रोल्पाकी सरला (नाम परिवर्तन)ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन।पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फाल्नुपर्यो,’ / प्रतीकात्मक तस्बिर–

द्वन्द्वकालमा शा रीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मा नसिक रूपले अ पांगताको सि कार भएकी छन्।विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन्।

खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भप तन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु।

छोरी एक्लै यताउति हिँड्छे। पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फाल्नुपर्यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महि नावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु।’

‘दुई छोरी बिहे गरेर घर गइसके। छोरो सानैमा बितेको हो। अहिले माइतीघरमा बसेकी छु माओवादी द्वन्द्वताका २०६० सालमा सुरक्षाकर्मीबाट घरछेउमै ब लात्कारमा परेकी थिइन् सरला।त्यही पिरले रक्सी पिउने भएका पति अर्को वर्ष २०६१ सालमा बितेपछि उनको जीवनमा अर्को पी डा थपियो।

उपचार अभावमा आठ वर्षका छोरासमेत गु माएकी सरला यतिबेला बस्ने ठाउँ नभएपछि माइतीको शरणमा छिन। ‘दुई छोरी बिहे गरेर घर गइसके।छोरो सानैमा बितेको हो। आफ्नो भन्ने काही छैन। अहिले माइतीघरमा बसेकी छु।’कहीँकतैबाट कुनै सहयोग नपाएकी सरला द्व न्द्वपीडितको तथ्यांकमा पनि अटाएकी छैनन्।
यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस