के लताको पार्थिव शरिरमा शाहरुख खानले थुकेका हुन् ? यस्तो छ वास्तविकता …(भिडियो सहित)

लता मंगेशकरको अन्तिम संस्कारअघि मुम्बईको शिवाजी पार्कमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री उद्धव ठाकरेबाहेक राजनीति र फिल्मका थुप्रै चर्चित अनुहार श्रद्धाञ्जली दिन पुगे । यीमधये एक थिए शाहरुख खान । तर उनका विषयमा ट्वीटरमा ठूलो विवाद निम्तिएको छ ।

बिजेपी हरियाणाका आइटी सेलका प्रभावी अरुण यादवले ट्वीटले यो विवादलाई निम्त्याएको थियो । उनले श्रद्धाञ्जलि दिँदै गरेका शाहरुख खानको भिडियो सेयर गर्दै लेखे, ‘के शाहरुख खानले थुकेका हुन् ?’ शाहरुख त्यहाँ आफ्नी सेक्रेटरी पूजा ददलानीसँग पुगेका थिए ।

एकातिर शाहरुखका हात प्रार्थनाका लागि खुल्ला थिए भने पूजा ददलानीले हात जोडेर लतालाई अन्तिम श्रद्धाञ्जलि दिइरहेकी थिइन् । त्यसपछि शाहरुख खानले मास्क हटाएर फुके । उनले फुकेको कुरालाई थुकको नाम दिएर शाहरुखलाई मानिसले ट्रोल गर्न थाले । यद्यपि, अर्को एउटा तप्काले उनको र पूजा ददलानीको तस्बिरलाई भारतको वास्तविक अनुहार भनेर तारिफ पनि गरिरहेका थिए ।

यो विवादमा थुप्रै चर्चित अनुहार पनि होमिए र शाहरुखको आलोचना गर्न थाले । शिवसेनाकी राज्यसभा सांसद प्रियंका चतुर्वेदीले ट्वीट गरिन्, ‘केही मानिस न दुआका काबिल छन् न दयाका, उनीहरुलाई दवा (औषधी) को आवश्यकता छ, मनको वि ष न ष्ट गर्नका लागि ।’

यस्तै, द वायरका संस्थापक वरिष्ठ पत्रकार सिद्धार्थ वरदराजनले लेखेका छन्, ‘यो घिनलाग्दो ट्वीट बिजेपीका एक अधिकारीको हो । यसमा अब कुनै शंका छैन कि समाजमा कस्ता मानिसले फोहोर वि ष फैलाइरहेका छन् । यदि अरुण यादव दुआसँग अनभिज्ञ छन् भन दवा गर्नुभन्दा अघि कसैलाई सोध्न सक्दथे ।’

जफर सुरेशवालाले लेखेका छन्, ‘केही धर्मात्मा मानिस भारतको एकताको यो सुन्दर दृश्यलाई पचाउन सकिरहेका छैन । साँच्चै नै लता मंगेशकर ती व्यक्ति थिइन् जसले मानिसलाई जिउँदो हुँदा एकताको सूत्रमा बाँधिन् र म रे पछि पनि यस्तो गर्न जारी राखिन् । शाहरुख खान पनि यसैमध्ये एक हुन् ।’

फिल्म निर्माता अशोक पण्डिले पनि शाहरुख खानको आलोचना गर्नेलाई जवाफ फर्काए । राणा सफवीले लेखेका छन्, ‘ईश्वर अल्लाह तेरो नाम, सबको सन्मति दे भगवान । ’कांग्रेसकी प्रवक्ता सुप्रिया श्रीनेत्रले पनि शाहरुख खानको पक्षमा ट्वीट गर्र्दै उनीमाथि प्रश्न उठाउनेहरुमाथि नै प्रश्न उठाइन् । रेडियो जकी सायमाले लेखेकी छिन्, ‘प्रार्थना गर्दा फुक्ने परम्परालाई थुक भन्नेहरुको सोच थुक्न लायक छ । यिनीहरु वि ष र घृणाको खेती गर्छन् ।’

प्रतिक्रिया दिनुहोस