चन्द्रागिरीमा हिउँ खेल्न जाँदा हराएका एकै परिवारका ५ जनालाई प्रहरीले यस्तो अवस्थामा फेला पार्यो …

काठमाडौं । काठमाडौ आसपासका पहाडी भेगमा परेको हिउँमा खेल्न काठमाडौका सर्वसाधारण त्यता पुगेका छन् । काठमाडौ देखि नजिकै रहेको चन्द्रागिरीमा अहिले सर्वसाधारणको भिड छ । यस्तै भिडमा हिउँ खेल्न गएका एक परिवारका ५ जना भने सम्पर्क विहिन भए । उनीहरुलाई प्रहरीले खोजी गरेको छ ।

नेपाल प्रहरीले काठमाडौंको चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जङ्गलको बाटोमा हराएका उनीहरुको गएराति उद्धार गरिएको प्रहरी प्रभाग थानकोटले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङको उद्दार गरिएको हो ।

उनीहरूले आफूहरूले बाटो भुलेको भनेर घरमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।बाटो भुलेर भिरमा बसिरहेको बेला उनीहरुलाई उद्धार गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस