सुत्नुअघि अनुहारमा लगाउनुहोस् यो चीज, बिहान उठ्दा हुनेछ गोरो, चम्किलो र मुलायम

काठमाडौँ । सुन्दर बन्नु हरेक व्यक्तिको चाहना हुन्छ। जसका लागि उनीहरु निकै मेहनत पनि गर्छन्। तर कहिलेकाही बजारमा पाइने विभिन्न सौन्दर्य सामाग्रीका कारण सुन्दर बन्नुको साटो उल्टै कुरुप पनि बन्नु परेको घटना पनि सार्वजनिक हुने गरेका छन्।

आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। जो हाम्रो अनुहारका लागि निकै फाइदाजनक हुने गर्छ। केमिकल रहित हुने भएका कारण यस्ता घरेलु उपायले अनुहार बिगार्ने डर पनि हुँदैन्।

हामीले यहाँ राति सुत्नुअघि प्रयोग गर्न सकिने केही घरेलु उपायका बारेमा चर्चा गर्दैछौँ। जसले बिहान उठेर तपाईलाई चमत्कारी सुन्दरता दिने गर्छ। आउनुहोस् जानौँ कुन कुन हुन ती घरेलु उपायः

बेसार र दूध
काँचो दूध अनुहारको दाग धब्बा हटाउनका लागि निकै फाइदाजनक हुने गर्छ।ज सले सनबर्न अर्थात घामका कारण बनेको दागलाई सजिलै हटाउने गर्छ। त्यसैले ५, ६ चम्चा काँचो दूधमा ४ चम्चा बेसार मिसाउनुहोस्।

त्यसपछि सुत्नुअघि यसलाई आफ्नो अनुहारमा लगाएर बिहान चिसो पानिले धनुहोस्। यसो गर्दा बिहान तपाईको अनुहार गोरो र चम्किलो देखिन थाल्नेछ।

अण्डाको फेस मास्क
अण्डाको सेतो भाग छालाका लागि निकै लाभदायिक हुने गर्छ। यसले अनुहारको छाला नरम र टाइट गर्नमा मद्दत गर्छ। यसमा भिटामिन ए पाइन्छ। जसले अनुहारमा देखिने पोर्स बन्द गर्नमा पनि सहयोग गर्छ।

त्यसैले तपाई सुत्नुअघि अण्डाको सेतो भाग अनुहारमा लगाउनुहोस् र बिहान वा यो सुकेपछि सफा गर्नुहोस्। यसो गर्दा तपाईको अनुहारमा बेग्लै किसिमको चमक पाउनुहुनेछ।

जौँ र मह
जौँ मा यस्तो गुण हुने गर्छ। जो अनुहारमा आउने डण्डिफोर हटाउनमा पनि सहयोगी हुन्छ। त्यसैले तपाई एउटा कचौरामा एक चम्चा जौँ को पिठो लिनुहोस्। र त्यसमा आवश्यकता अनुसार मह राख्नुहोस्।

५ मिनेटपछि त्यसलाई अनुहारमा लगाउनुहोस्। त्यसपछि बिहान उठेर त्यसलाई सफा पानिले धुनुहोस्। यसले तपाईको अनुहार नमर, ग्लोइङ्ग र गोरो बनाउनेछ।

प्रतिक्रिया दिनुहोस