श्रीमानसँग सम्बन्धविच्छेदः छोरासँग विहे गरेर गर्भवती !

एक महिलाले आफ्ना श्रीमानलाई डिभोर्स दिएर आफ्नै सौतेनी छोरासँग विवाह गरेकी छन् । यो घटना रुसको मस्कोको हो । महिला रुसी ब्लगर हुन् । उनको नाम मरीना बलमशेबा रहेको छ ।

उनले गत वर्ष श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर आफ्ना सौतेनी छोरा भ्लादिमिर शेवरनसँग विवाह गरेकी हुन् ।

उनी अब आमा बन्ने भएकी छिन् । तौल घटाउने विषयमा धेरैलाई प्रोत्साहन गर्ने यी महिला अहिले आफ्नो निजी ह-र्कतका कारण चर्चाको पात्र बनेकी छिन् ।

३५ वर्षीया बाल्मासेभा गत वर्षदेखि २१ वर्षका सौतेनी छोरा भ्लादिमिर ‘भोभा’ सेभिरिनसँग प्रेम सम्बन्धमा रहेको बताइन्छ । विश्वविद्यालयको छुट्टीमा घर आएका बेला यी दुईबीच प्रेम सम्बन्ध सुरु भएको हो ।

आफ्नो छोरामाथि पूर्व श्रीमतीले आँखा लगाएको र भड्काएको बाबु सेभिरिनले बताए । ‘मेरो छोरालाई उनले भड्काइन् । म घरमै भएका बेला पनि रास-लिला गर्न उनीहरुलाई लाज भएन । यदी, मेरो छोराबाहेक अन्यसँग मोजमस्ती गरेको भए मैले सायद उनलाई माफी दिने थिएँ,’ बाबु सेभिरिनले भने ।

आफ्ना सौतेनी छोरालाई बाल्मासोभाले ७ वर्षको उमेरदेखि नै देखेकी थिइन् । त्यतिबेला बाल्मासोभाको उमेर २२ वर्ष थियो । सोही समयदेखि आफु सौतेनी छोराको निलो आँखाबाट प्रभावित भएको उनले बताइन् ।

आफ्ना पूर्व सौतेनी छोरा अर्थात् युवा श्रीमान्सामु आर्कषक देखिन उनले प्लास्टिक-सर्जरी गरेको बताइन् ।

आफुले परिवारलाई तहसनहस गरेकोमा उनलाई केही पश्चाताप पनि छ । ‘मलाई यो कुरामा खेद लागेको थियो कि मैले आमा र बाबुको स्थायीत्वलाई मा-रें,’ उनले भनिन् ।

पूर्व श्रीमान्प्रति कुनै आ-क्रोश पनि बाँकी नरहेको उनले बताइन् । मारियाले भोभाका बाबुसँग बिहे गरेपछि कुनै समय उनीसँग मिलेर पाँचजना बालबालिकालाई आश्रय दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस