काठमाडौंको शिवचोकमा प्रहरी मुभ, राम सहित ५ जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत ५ जनालाई आइतबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खाजा घरमा तास खेलाई रहेको भन्ने सुराकाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोली त्यहाँ पुगेको थियो । खालबाट १६ हजार ५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्; भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनी सुकुम्बासी सँग रकम लिई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका-८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका-३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी रहेका छन् ।

काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा २ जना व्यक्तिहरुले सुकुम्बासीहरुलाई जग्गा वितरण गछौँ, फाराम भर्नुपर्छ भनी पैसा असुल गरीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर १ थान, “भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम” लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, बिभिन्न ब्यक्तिहरुको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थान समेत प्रहरीले बरामद गरेको छ ।

अनुसन्धानको क्रममा उनीहरुले आफूलाई भूमि आयोगले खटाएका ब्यक्तिहरु भनी परिचय गराई काठमाडौंमा सुकुम्बासीले ४ आना जग्गा प्राप्‍त गर्न जनही ५० हजार रुपैयाँको दरले माग गरी फारम भर्न लगाई ठगी गर्ने गरेको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस