शाहरुख खानको समर्थनमा उर्मिलाले भनिन् ‘हामी यति धेरै गिरीसक्यौं कि प्रार्थनालाई पनि थुकेको मान्न थाल्यौं’

एजेन्सी, बलिउड अभिनेता शाहरुख खानले चर्चित गायिका लता मंगेशकरको अन्त्येष्टिमा प्रार्थना गरेको भिडियो चर्चामा छ । भिडियोमा शाहरुख खान लता दीदीका लागि आफ्ना दुवै हातले थापेर दुवा माग्छन्, अल्लाहसँग प्रार्थना गर्छन् र त्यसपछि मास्क हटाउँछन् र फुक्छन् । सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोमा धेरैले ट्रोल गराइरहेका छन् ।

उनले अल्लाहसंग दुवा मागेर फुकेको कुरालाई नराम्रो भनिरहेका छन् । धेरैले शाहरुखलाई लताको शरीरमा थुकेको भन्दै ट्रोल गरेका थिए । तर, शाहरुखका फ्यानले ट्रोल गर्नेहरुलाई जवाफ दिएका छन् । अब उर्मिला मातोंडकरले पनि शाहरुखको पक्ष लिँदै यसबारे आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

उर्मिलाले ट्रोलरलाई जवाफ दिँदै भनिन्, ‘समाजमा हामी यति गिरीसकेका छौं कि हामीलाई प्रार्थना पनि थुकेको जस्तो लाग्छ । तपाईं एक कलाकारको कुरा गर्दै हुनुहुन्छ जसले धेरै अन्तर्राष्ट्रिय प्लेटफर्ममा देशको प्रतिनिधित्व गरिसकेका छन्। राजनीति अहिले यो तल्लो तहमा पुगिसकेको छ र यो निकै दुखद कुरा हो । अभिनेत्रीले ट्वीटरमा फोटो सहित ट्विट पनि गरेकी छिन्।

उर्मिलाको कुरामा कतै सबै सहमत छन् । भारतीय मुस्लिम भएका कारण शाहरुख खानले सधैं देशको नाम राखेका छन् । उनले हरेक धर्मको सम्मान गरेका छन्, हिन्दूको हरेक चाडपर्व मनाउने गरेको पनि देख्न सकिन्छ । यस्तो अवस्थामा अब अन्त्येष्टिमा थुकेको आरोप लगाउनु निन्दनीय छ ।

मानिसहरूले शाहरुखको तस्बिरलाई सुन्दर भनेका छन् – धेरैले यो भिडियो र तस्विरलाई सुन्दर तस्बिर पनि भनेका छन् । तस्बिरमा एकातर्फ शाहरुख प्रार्थना गरिरहेका छन् भने अर्कोतर्फ उनको म्यानेजर पूजा डडलानी हात जोडेर प्रार्थना गरिरहेको देखिन्छ । धेरै प्रयोगकर्ताहरूले यसलाई भारतको सुन्दरता भनेका छन्।

मानिसहरूले भनेका छन् कि यो देश हो जहाँ सबै धर्म एक मञ्चमा सजिलै उभिन सक्छ। लता मंगेशकरले फेब्रुअरी ६ मा ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिइन् । उनी कोरोना संक्रमित भइन् र झण्डै एक महिनादेखि अस्पतालमा भर्ना भएकी थिइन् । अन्ततः आइतबार बिहान उनले सदाका लागि आँखा बन्द गरीन् ।

प्रतिक्रिया दिनुहोस