पाकिस्तानमा अल्पसंख्यक माथि फेरी आक्रमण, अल्पसंख्यक संगठनद्वारा आक्रमणको निन्दा गर्दै छिट्टै न्यायको माग

पाकिस्तानको पेशावरमा आइतबार अज्ञात आक्रमणकारीले दुई इसाई धर्मगुरुमाथि आक्रमण गरेका छन् । चर्चबाट फर्कने क्रममा उनीहरुले दुई जनाले कारमा अन्धाधुन्ध गोली चलाएको थियो । गोली लागेर घाइते भएका धर्मगुरु विलियम सिराजको मृत्यु भएको छ भने सहकर्मीको उपचार भइरहेको छ ।

गोली प्रहारको जिम्मेवारी कसैले लिएको छैन । अल्पसंख्यक संस्था र विज्ञहरूले आक्रमणको निन्दा गरेका छन्। यस क्षेत्रमा पछिल्ला दिनहरूमा आतङ्ककारी हमलाहरू बढ्दै गएको छ। तीमध्ये अधिकांश तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) टीटीपीले आफूलाई अफगान तालिबानसँग सम्बद्ध रहेको दाबी गरेको छ।

अल्पसंख्यकमाथि हुने आक्रमणमा सरकार मौन रहेको विज्ञहरूले आरोप लगाएका छन् । पाकिस्तानमा क्रिस्चियनहरूलाई ऐतिहासिक रूपमा दुर्व्यवहार, सीमान्तकृत र आक्रमण गरिएको छ। सन् २०१३ मा, आइतवार मासपछि पेशावरको एङ्ग्लिकन चर्च बाहिर आत्मघाती आक्रमणमा कम्तिमा ७८ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस