भाबुक हुँदै धर्मेन्द्रले भने ‘लताको अन्तिम विदाईमा तीनपटक तयार भए पनि मेरा पाइला अगाडि बढ्न सकेनन्’

एजेन्सी- बलिउड अभिनेता धर्मेन्द्र लता मंगेशकरलाई अन्तिम विदाईमा गएनन् । लता मंगेशकरसँग विशेष सम्बन्ध राख्ने धमेन्द्र उनको अन्तिम संस्कारमा नदेखिएपछि उनी आफैले जान नसक्नुको कारण खुलाएका छन् ।

उनका अनुसार लता मंगेशकरको निधनको खबर सुनेपछि उनको स्वास्थ्य स्थिति बिग्रिएको र लतालाई त्यस्ता अवस्थामा देख्न नचाहेको कारण उनी अन्तिम बिदाइमा जान नसकेको बताएका हुन् ।

‘म असाध्यै असहज र तनावमा थिएँ । म लता दिदीको अन्तिम संस्कारमा जानका लागि एकपटक होइन तीन पटक तयार भएको थिएँ । तर हरेक पटक मेरा पाइला अगाडि बढ्न सकेनन् भाबुक हुँदै उनले भने ।

लता मंगेशकरको निधन भएको दिन धर्मेन्द्रले उनीसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका थिए , ‘संसारै दुःखी छ । तपाईंले हामीलाई छोड्नुभयो भनेर विश्वास नै लागिरहेको छैन । हामी तपाईंलाई सधैँ मिस गरिरहनेछौँ लता जी । तपाईंको आत्माले शान्ति पाओस् भनेर प्रार्थना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस