तिन जनाको समुहले गर्यो अचम्मैको काम ,प्रहरी समेत आश्चर्य

माघ २५ – काठमाडौंमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले बूढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधाराबाट तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।पक्राउ पर्नेमा

कपनका २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तार्केश्वर नगरपालिका-११ हिलेटोल बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र कञ्चनपुर भिमदत्त नगरपालिका घर भई कपन बस्ने २७ वर्षीय खगेस खत्री छन्।पासाङ छिरिङ शेर्पाबाट प्रहरीले ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो।

उनको कोठामा तलासी लिँदा सो मात्रामा ब्राउनसुगर बरामद भएको एसपी मैनालीले बताए। गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले शेर्पालाई शंकास्पद रूपमा फेला पारेको थियो।

फेसबुकमा पछ्याउनुहोस्

उनीमाथि प्रहरीले सोधपुछ गर्दा सो ब्राउनसुगर खगेस खत्रीको भएको बताएका थिए। त्यसको आधारमा प्रहरीले खत्रीलाई पक्राउ गरेको हो। त्यस्तै, उनीसँगै प्रहरीले तेन्जिङलाई पनि गोपीकृष्ण हल नजिकबाट सोमबार पक्राउ गरेको एसपी मैनालीले बताए।उनका अनुसार तेन्जिङबाट प्रहरीले १६.८ ग्राम ब्राउन सुगर बरामद गरेको हो। घटनाबारे महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस