सधैँ मिल्छ यी २ राशिलाई शनिदेवको कृपा, भाग्यले दिन्छ हरेक कुरामा साथ

काठमाडौँ, ज्योतिषमा कुल १२ राशि उल्लेख गरिएका छन्। यी सबै राशिका अलग अलग ग्रह स्वामी हुने गर्दछन्। मेष र वृश्चिकको स्वामी मंगल हो भने मिथुन र कन्याको ग्रह स्वामी बुध हो।त्यस्तै कर्कटको चन्द्रमा र सिंहको सूर्य हो। धनु र मिन राशिको ग्रह स्वामी गुरु हो। त्यस्तै मकर र कुम्भको स्वामी ग्रह शनि हो। ज्योतिषाचार्य मनिष शर्माका अनुसार जान्नुहोस् शनि देवको कृपा मिल्ने दुई राशीका बारेमायी राशिका व्यक्तिमा हुने गर्दछ शनिदेवको विशेष कृपा शनिदेवको ग्रहलाई न्यायाधीस मानिने गरिन्छ। शनिदेवको विशेष कृपा कुम्भ र मकर राशिमा हुने गर्दछ।

मकर राशि
१) जुन व्यक्तिको नामको पहिलो अक्षर भो, जा, जी, खी, खू, खा, खो, गा या गी है, वे बाट आउछ, ती व्यक्तिको राशि मकर हो। यी राशिका व्यक्ति महत्वकांक्षी हुने गर्दछन्। यी राशिका व्यक्तिले मान सम्मान तथा सफलता प्राप्त गर्नका लागि लगातार काम गर्ने गर्दछन्।
२) यी राशिका व्यक्ति विलासिताका चीजमा बढी आकर्षक हुने गर्दछन्। आफ्नो आवश्यकता पुरा गर्नका लागि कडा परिश्रम गर्न पनि तयार हुने गर्दछन्।
३) सामान्यतः यी राशिका व्यक्ति कम बोल्ने गम्भिर स्वभावका हुने गर्दछन्।

कुम्भ राशि
१) जुन व्यक्तिको नाम गू, गे, गो, सा, सी, सू, से, सो है, वे बाट आउने गर्दछ, ती व्यक्तिको राशि कुम्भ हो। यस राशिका मानिस गम्भिरता मन पराउने गर्दछन्।
२) कुम्भ राशि हुने व्यक्ति वुद्धिमानी हुने गर्दछन्, साथसाथै व्यवहारकुशल र स्वतन्त्रता मन पराउने खाले हुने गर्दछन्।
३) यी राशिका व्यक्तिले चाडै साथी बनाउने गर्दछन्। यिनीहरु सामाजिक कार्य गर्न रुची राख्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस