विवाहको भोलिपल्ट श्रीमतीलाई श्रृंगार बिना देख्दा श्रीमान् च’कित, डि’भोर्सको माग….!

नेपालमा जमाना अनुसार राम्रोसँग खान लाउन नदिएको आरोपमा समेत डि’भोर्स लिन पाइन्छ । त्यो पनि महिलाको तर्फबाट ।तर एक इजिप्टका पुरुषले उनकी श्रीमतीबाट बारम्बार डि’भोर्स मागिरहेका छन् । श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण उनले स’म्बन्धविच्छेदको माग गरेका हुन्।

इजिप्टका एक पुरुषले आफ्नी एक महिना पुरानी श्रीमतीबाट स’म्बन्धविच्छेदको माग गरेका छन् किनभने उनले आफ्नी श्रीमतीलाई मेकअप बिना हेर्न सकिरहेका छैनन् ।यी दुईको भेट फेसबुकमा भएको हो । फेसबुकमा ती महिलाले निकै आकर्षक तस्बिर पोस्ट गर्ने गर्थिन् । त्यसपछि उनीहरुबीच कुराकानी सुरु भयो, दुईबीच भेटघाट पनि भए ।

भेटमा पनि उनी आकर्षक नै देखिइन् । त्यसैले ती पुरुषले उनलाई विवाह गर्ने सोच बनाए । स’मस्या विवाहको भोलिपल्ट सुरु भयो जब उनले आफ्नी बेहुलीलाई पहिलोपटक मेकअप बिना नै देखे ।‘म आघातमा परेँ किनभने विवाह अघि मैले जस्तो उनलाई देखेको थिएँ, उनी त्यस्तो देखिइनन्,’ निराश श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने ।

‘मैले उनको तस्बिर फेसबुकमा देखेको थिएँ । उनले मेकअप नगरेको अनुहार र ती तस्बिरबीच अकास पातालको फरक छ । म ठ’गिएँ, त्यसैले उनीबाट स’म्बन्धविच्छेद चाहन्छु ।’‘मलाई उनले झु’क्याइन् किनभने विवाह अघि उनले असाध्यै धेरै मेकअप लगाउने रहिछिन्,’ ती पुरुषले थपे । ‘तर विवाहपछि मैले उनको वास्तविक अनुहार देखेँ, उनी कु’रुप देखिन्छिन् ।’

इजिप्टको मिडियामा प्रकाशित समाचारका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा बानी पार्न त खोजेको तर नसकेका कारण विवाहको एक महिनापछि स’म्बन्धविच्छेदका लागि निवदेन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस