कार्यालयका सबै घुस सहित पक्राउ, मन्दिरमा प्रसाद चढाएको कसरी अस्वीकार गरौ भन्ने प्रमुखको बयानले चकित

काठमाडौं, घुस लिने र दिने दुवै अपराधी हुन् । तर घुस लिन र दिनका लागि मानिसहरु नयाँ शैली अपनाइरहेका छन् ।भारत, राजस्थानमा घुसखोरीको एउटा ठूलो घटना सार्वजनिक भएको छ, जहाँ पूरै कार्यालय घुस लिँदै गर्दा पक्राउ परेको हो ।

यति मात्रै होइन, रंगेहात समातिएपछि प्रदेश प्रशासनिक सेवाका अधिकारीले कोही मन्दिरमा प्रसाद चढाउन आए कसरी नाँई भन्न सकिन्छ भन्ने तर्क पनि गरको छन् ।प्राप्त जानकारी अनुसार जयपुर सहरको विकासको जिम्मा लिने जयपुर विकास प्राधिकरणका उपायुक्तसहित सम्पूर्ण कार्यालय घुसखोरीमा संलग्न रहेको थियो ।

घुस लिँदालिँदै पक्राउ परेपछि प्रदेश प्रशासन सेवा अधिकृत ममता यादव अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोका अधिकारीसामु हाँसेकी थिइन् । उनले भनिन्, ‘जब कोही मन्दिरमा प्रसाद चढाउन आउँछन्, तब कसरी अस्वीकार गर्ने रु’ जवाहर सर्कलको सिद्धार्थनगरमा एक व्यक्तिले आफ्नो पुर्खाको जग्गा भाडामा लिन चाहेका थिँए ।

तर उपायुक्त ममता यादवले ९ लाख ६० हजार रुपैयाँ र जुनियर इन्जिनियर श्यामले झण्डै ५ लाख घुस मागेका थिए । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले तत्कालीन आरएएस अधिकृत ममता यादव, जयन्त श्याम, नक्सा पास गर्ने कर्मचारी विजय मीना, लेखापाल राम तुफान मन्डोटिया र कम्प्युटर अपरेटर अखिलेश मौर्यलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो ।

पूरै जोनका पदाधिकारी घुस लिँदालिँदै पक्राउ परेको यो पहिलो पटक हो । जयपुरको जोन ४ का अधिकारीहरू रकम बाँडफाँडको काममा लागेका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले जेडीएको पार्किङ क्षेत्रबाट घुससहित पक्राउ गरेको हो । निकै गोप्य ढंगले काम सकियो र अन्ततः अख्तियार अधिकारीहरु उपायुक्तको कार्यालय पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस