सम्बन्धका कथाहरू: गर्भवती श्रीमतीले थाहा पाउँछिन् श्रीमानले धोका दिइरहेको वास्तविकता, त्यसपछि…

एजेन्सी,एक अष्ट्रेलियाली महिलाले रिलेशनशिप पोर्टलमा आफ्नो पीडा पोख्दै श्रीमानको अफेयरको बारेमा कसरी थाहा पाएको बताएकी छिन् ।महिलाले आफ्ना श्रीमानलाई रंगेहात समातेर बिछोडपछि भेट्ने कथा उनले सुनाएकी छिन् ।महिलाले आफू विवाह गरेको १४ वर्ष भइसकेको र दुई सन्तान रहेको बताइन् । दोस्रो पटक गर्भवती भएकी महिलाका श्रीमानले उनलाई धोका दिए ।

महिलाले लेखेकी छन्, ‘जब म दोस्रो गर्भावस्थाको छैठौं महिनामा थिएँ, मेरो श्रीमान् जेम्ससँगको सम्बन्धमा केही परिवर्तन आउन थाल्यो । उसको व्यवहारमा परिवर्तन आयो ।जेम्स प्रायः कामको लागि बाहिर जान्थे, तर बिस्तारै ऊ मबाट टाढा हुन थाल्यो। यहाँबाट कुराहरू खराब हुन थाले। मैले उसलाई सोधें कि उसको जीवनमा अरू कोही छ कि छैन तर उसले स्पष्ट रूपमा अस्वीकार गर्यो।

एक समय यस्तो पनि थियो जब जेम्स कामबाट बाहिर गए र धेरै दिनसम्म घर आएनन् । मेरो तनाव बढ्दै गयो । मैले उसलाई बारम्बार शंका गरे तर मसँग कुनै प्रमाण थिएन। न त राम्ररी खान पाए न राम्ररी सुत्न सके ।अन्ततः मेरो एकजना साथीले मलाई मेरो भविष्यको लागि निर्णय लिन सक्नुपर्छ भनी सल्लाह दिए । त्यसपछि पत्ता लगाउँन उसले मेरो यो काम एक जासूसलाई सुम्प्यो।

जासूसले बताए कि जेम्सको फोनमा हरेक दिन एक महिलाको कल आउँथ्यो। मलाई यो नम्बर थाहा थिएन। अन्तमा, धेरै अनुसन्धान पछि, पत्ता लाग्यो कि यो उही महिला हो जसको प्रोफाइल जेम्स फेसबुकमा चेक गर्थे।मैले सोध्दा उनले त्यतिबेला भनेका थिए कि त्यो महिला एक पटक उनीसँग अफिसको समूहमा कामबाट बाहिर जाँदा भेट भएको थियो । तर उसले उसको प्रोफाइल हेरिरहेको थियो। त्यतिबेला मैले पनि उनको कुरामा खासै ध्यान दिएन ।

महिलाले लेखेकी छिन्, ‘यतिबेला मसँग बलियो प्रमाण थियो । जेम्सले केही गल्ती गरिरहेको मलाई थाहा थियो तर कतै कतै मेरो हृदय स्वीकार गर्न तयार थिएन। मैले उसलाई भने कि मसँग उसको सम्बन्धको प्रमाण छ र उसले म वा त्यो महिला मध्ये एक रोज्नुपर्छ। जेम्स मलाई छोड्न तयार थिएनन्। त्यसपछि हामी धेरै दिन सँगै बस्यौं तर केही दिनपछि थाहा भयो कि उनी अझै पनि ती महिलासँग छन् । अन्ततः मैले उसलाई घरबाट निकालिदिएँ ।

म पुरै भाँचिएको थिएँ । उसलाई सम्झेर मेरो आँसु जतिबेला पनि बग्ने गर्दथ्यो । छोराछोरीलाई समातेर रातभर रोएँ ।
मसँग एक्लै बच्चाहरूको हेरचाह गर्नुको विकल्प थिएन। उसले मेरो मन दुख्यो तर पनि म उसलाई धेरै मिस गर्थे। जेम्स र मेरो बीचमा कुनै सम्पर्क थिएन। तरपनि फेरी हाम्रो मिलन भयो। विगत हामीले भुल्ने कोसिस गर्यौँ । सफलपनि भयौँ । अहिले हामी एकसाथ बसिरहेका छौ । एक अर्कालाई झनै बुझेका छौ ।

प्रतिक्रिया दिनुहोस