१५ वर्षीया छात्रालाई कक्षामा चुम्बन गर्ने शिक्षक पक्राउ

अमेरिकाको मध्य फ्लोरिडाकास्थित एउटा विद्यालयका एकजना गणित पढाउने शिक्षकलाई १५ वर्षीया छात्रालाई चुम्बन गरेको अभियोग लागेको छ ।डेल्टोना सहरको डेलटोना मिडिल स्कूलका शिक्षक कार्लोस आग्विर्रे रेन्डनमाथि सो आरोप लागेको हो ।

हप्तौँ लामो अनुसन्धानपछि २९ वर्षीय ती शिक्षकलाई अश्लील व्यवहार देखाएको र साक्षीलाई हस्तक्षेप गरेको अभियोगमा हिरासतमा लिइएको हो ।कक्षामा एक छात्राका ओठमा चुम्बन गरेको उजुरी पर्ना साथ भोलुसिया काउन्टी प्रहरी कार्यालयले ११ जनवरीमा उनीविरुद्ध कारबाही थालेको थियो ।तर, घटनाकोबला कक्षामा पढाइ भइरहेको थियो वा थिएन स्पष्ट हुन सकेको छैन ।

पीडित छात्राको परिवारले यसबारे प्रहरीमा उजुरी गरेको थियो । नाम नखुलाइएका ती छात्राकी आमाले एउटा पार्कमा आग्विर्रेले आफ्नी छोरीलाई अँगालो हालेको आफ्नै आँखाले देखेको दाबी गरेकी थिइन् ।अनुसन्धानको क्रममा थुप्रै व्यक्तिसँगको सोधपुछ पछि प्रहरी विभागले भनेको छ, अग्विर्रे प्रायसः ति छात्रालाई एकान्तमा भेट्न खोज्थे । उनी एक शिक्षक र छात्राबीचको अस्वाभाविक सम्बन्धमा रहन चाहेको जस्ते देखिएको छ ।

पक्राउ पर्नु एकदिनअघि उनले पार्कमा आफूलाई देख्ने कम्तीमा एकजना प्रत्यक्षदर्शीलाई प्रहरीलाई केही पनि नबताउन दबाब दिएको बुझिएको छ । अहिले १२ हजार ५०० अमेरिकी डलर जमानत तिरेर उनी हिरासत मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस