माघ २८ सम्म माग पूरा नभए तेश्रो चरणको आन्दोलन गर्ने सामुदायिक वन उपभोक्ता महासंघको चेतावनी

काठमाडौं, सामुदायिक वन उपभोक्ता महासंघ नेपालले माघ २८ गतेसम्म आफूहरुको माग पूरा नभए तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ ।सामुदायिक वनका काठलगायत वन पैदावारको परिचालनमा लगाइएको सबै खाले प्रतिबन्धहरु हटाउनुपर्नेलगायतका माग गर्दै निरन्तर वन परिसरमा विरोध प्रदर्शन गर्दै आएको महासंघले आफूहरुको माग पूरा नभए तेश्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो ।

माघ २८ गतेसम्म परिसरमा विरोध प्रदर्शन गर्ने र आफूहरुको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने महासंघको भनाइ छ । महासंघले वन ऐन २०७६ संग बाझिएका केहि निर्देशिका तथा कार्यबिधिहरु खारेज गर्नुपर्ने भन्दै सामुदायिक वनका काठ लगाएत वन पैदावारको परिचालनमा लगाइएको सवै खाले प्रतिवन्धहरु तत्काल हटाउन माग गरेको छ ।त्यस्तै महासंघले चुरे वातावरण संरक्षण क्षेत्र खारेज गरि सामुदायिक वनका माध्यमबाट नै चुरे संरक्षण गर्ने वातावरण सिर्जना गर्न पनि माग गरेको छ ।
यो पनि छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम कम
तीव्र गतिमा हिँड्नु मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुने अध्ययनले देखाएको छ ।अमेरिकाको ब्राउन युनिभर्सिटीको अनुसन्धानले ढिलो हिँड्ने महिलाको तुलनामा छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम ३४ प्रतिशतले कम हुने दाबी गरेको छ । अध्ययनको लागि ५० देखि ७९ वर्षका २५ हजार एक सय ८३ महिलाहरूको स्वास्थ्य रेकर्ड र हिँड्ने गति १७ वर्षसम्म विश्लेषण गरिएको थियो ।

यस अवधिमा एक हजार चार सय ५५ महिलालाई हृदयघात भएको पाइयो । हिँड्ने गति चार दशमलव आठ किमी प्रतिघण्टाभन्दा बढी रहेको दाबी गर्ने महिलामा हृदयघातको जोखिम ३४ प्रतिशत कम थियो भने औसत तीन दशमलव दुई किमी प्रतिघण्टा रहेकामा हृदयघातको जोखिम २७ प्रतिशत कम रेहेको अध्ययनले देखाएको हो ।

जोखिममा परेका महिलाको मुटुबाट शरीरमा पर्याप्त रगत पुग्ने प्रक्रियामा बाधा पुगेको अध्ययन प्रमुख लेखक डा. चार्ल्स इटन बताउँछन् । उनका अनुसार यो वृद्धावस्थाको समस्या हो जसलाई जीवनशैलीमार्फत सुधार गर्न सकिन्छ । तीव्र गतिमा हिँड्दा शरीरमा रक्तसञ्चारको प्रक्रिया सन्तुलित रहन्छ । मुटुले राम्रो काम गर्छ । जसकारण मुटुसँग सम्बन्धित अन्य समस्याहरूको जोखिम पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस