सडकमा दौडिरहेको छा’डा साँढेले ८ करोड बढी रुपैयाँको लागूऔषध समात्यो, जिल्ल परे प्रहरी

काठमाडौं,सडकमा छाडा दौडिइरहेको छाडा साँढेले ८ करोड रुपैयाँ मूल्य बराबरको लागूऔषध जफत गर्न प्रहरीलाई ठूलो सहयोग गर्यो भन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर, संयोगले एउटा साँढेले यस्तो काम गरेको छ । साँढेका कारण प्रहरीले तस्करको हातबाट ठूलो परिमाणमा अवैध लागूऔषध हेरोइन प्रहरीको हातमा पुर्याउन ठूलो सहयोग गरेको छ । घटना भारतको उत्तर प्रदेशको बरेलीको हो ।

भारतीय मिडियाका अनुसार बरेलीको दिल्ली–लखनउ हाइवेमा बिहानै तस्करले नयाँ स्कार्पियो गाडीमा हेरोइन राखेर लिएर जाँदै थिए । तीब्र गतिमा दौडिइरहेको गाडीको अगाडि एक्कासी साँढे आयो । साँढेसँग गाडी टठोक्किने देखेपछि ड्राइभरले हतारहतार गाडी घुमाए । यसरी एक्कासी घुमाउँदा गाडी उछिट्टियो र विपरित दिशाबाट आइरहेको सेन्ट्रो कारसँग ठोक्कियो । दुर्घटनामा सेन्ट्रो कारमा सवार २ महिलासहित ४ जना घाइते भए ।

घटनापछि स्कार्पियो चलाइरहेका युवक भने घटनास्थलबाट फरार भए । घटनाको सूचना पाएपछि पुगेका प्रभारी निरीक्षक विजय कुमारले सबै घाइतेलाई बरेली अस्पताल पठाए । पुलिसले घटनाको जाँचको क्रममा गाडीभित्र चेकजाँच गर्दा गाडीमा राखिएको जगेडा टायर फुल्लिएको पाइयो । त्यसलाई खोलेर हेर्दा पुलिस चकित परे । त्यसमा ४ वटा प्याकेटमा राखिएको ४ किलो १०० ग्राम नशालु पदार्थ भेटियो ।

फरेन्सिक विशेषज्ञले जाँचपछि यो पदार्थ हेरोइन भएको बताएका छन् । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ५ करोड भारु अर्थात ८ करोड नेपाली रुपैयाँ पर्ने अनुमान गरिएको छ । पुलिसले गाडीमा भेटिएका कागजपत्रका आधारमा तस्करहरु बब्लु, नाजिस र गाडीका मालिक राजनलाई पक्राउ गरेको छ । केही आरोपी फरार रहेको एसपी राजकुमार अग्रवालले बताए । उनीहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस