राँगाकाे नाम नै “भिम” मूल्य ३८ कराेड किन पर्याे हेर्नुहाेस्,

नेपाल एक कृषिप्रधान मुलुक हो । नेपालका धेरै शहरहरूमा कृषि मेला लाग्छ ।नेपालको जस्तै भारतमा पनि कृषि मेला लाग्छ । यो बीचमा भारतमा हालै लामो समयपछि पुष्करमा कृषि मेला लाग्यो ।तर त्यहाँ आएका मानिसहरूको ध्यान एक बिशाल राँगोले तान्यो । उक्त राँगोको नाम ‘भीम’हो । त्यो राँगोको मूल्य सुनेर सबै हैरान छन् ।

‘भीम राँगो’ को नाम पहिले पनि तपाईंले सुन्नु वा देख्नु भएको होला, किनभने यसअघि पनि आफ्नो मूल्य र विशेषतालाई लिएर चर्चामा रहेको थियो । भीमको उचाइ करिब ६ फिट र लम्बाइ १४ फिट छ । यति मात्र होइन,उसको तौल १५ सय किलोभन्दा बढी र उमेर सात वर्ष रहेको छ ।

भीमका लागि भारतका विभिन्न राज्यबाट करोडौं रुपैयाँको बोली लागेको छ । तर यो भीममा के खास छ जसकारण मान्छेहरु करोडौंको बोली लगाउन तयार हुन्छन् । त्यसको वी’र्यको पनि बजारमा ठूलो माग छ ।‘भीम’ नामको यो राँगो भारत, राजस्थान, जोधपुरका जवाहरलाल जाङ्गिडको घरपालुवा जनावर हो । यो शुद्ध मुर्रा भैंसी हो, जसलाई उनले बाल्यकालदेखि हुर्काउँदै आएका छन् । त्यसको वी’र्य किन्न टाढा टाढाबाट मानिसहरु आउने गर्दछन् ।

मूल्य तपाईं कसरी पनि अनुमान लगाउन सक्नुहुन्छ भने, यसको दैनिक पालन पोषण खर्च झण्डै ८ हजार र महिनामा करिब २ लाख ४० हजार रुपैयाँ हुन्छ । घोडाभन्दा धेरै उचाई भएको उक्त राँगोको मूल्य निरन्तर बढ्दै गएको छ ।

हालै भीम पुष्कर मेला गएको थियो । त्यहाँ उसलाई हेर्न टाढा टाढाबाट मानिसहरु पुगेका थिए । यस वर्ष भीमको बोली ३८ करोड रुपैयाँ भन्दा धेरै पुगेको मालिक जवाहरलाल जाङ्गिडले जानकारी दिएका छन् ।यसअघि एक अफगान शेखले भैंसीका लागि ३८ करोड भन्दा धेरैको बोली लगाएका थिए । तर जाङ्गिडले बेच्न मानेनन् । यसअघि भीमका लागि भारु १० करोड र २१ करोड रुपैयाँको बोली लागिसकेको छ ।

आफ्नो राँगोले आफ्नो नाममा धेरै पुरस्कार जितेको जाङ्गिड बताउछन् । भीमले दैनिक बिहान ५ किलोमिटर जगिङ पनि गर्छ । त्यसका साथै तोरीको तेलले मसाज पनि गरिन्छ । उनका अनुसार यति मात्र होइन, भीमको दर्शन गर्न टाढा–टाढाबाट मानिसहरु आउने गर्दछन् ।

भीमको वी’र्यको ०.२५ एमएलको मूल्य मात्र रु ८०० छ । यसबाट जन्मेको पाडापाडी हुर्किएपछि दैनिक २० देखि ३० लिटर दूध दिने विश्वास गरिन्छ । त्यसको वी’र्य हप्तामा दुई देखि तीन पटक मात्र निकालिन्छ ।भीमको दैनिक खुराक उस्को शरीर जत्तिकै ठूलो छ । उस्ले दैनिक एक केजी घिउ र २५ लिटर दूधका साथै एक किलो काजू–बदाम खान्छ । त्यसको रेखदेखका लागि ४ जना मान्छेहरु खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस