को हुन् यी युवती जसले एक रातमा सरकार ढलाउन सक्छिन् ?

पाकिस्तानकी टिकटक स्टार हरीम शाह एक पटक फेरि चर्चामा छिन् । हरीम शाहले पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआइए)ले आफ्ना पतिलाई झु’टो आरोप लगाएर दुःख दिइरहेको आरोप लगाएकी छिन् । गत महिना हरीम शाहको एउटा भिडियो भाइरल भएको थियो ।

भिडियोमा उनले ब्रिटिश पाउण्डका नोटका मुठाहरुको साथमा पाकिस्तान सरकारको खिल्ली उडाइरहेकी थिइन् ।आफ्ना पतिवि’रुद्ध गरिएको कारवाहीका विषयमा उनले भनेकी छिन् ‘जब एफआइएले मेरो केही बिगार्न सकेन त्यसपछि उसले मेरा पति बिलाल शाहविरुद्ध झुटो आरोप लगाएर बदला लिइरहेको छ ।

मेरा पतिविरुद्ध कुनै एफआइआर नहुँदा पनि ज,’बरजस्ती असुली र ड्रग्सको तस्करीको आरोप लगाइएको छ ।’हरीम शाहलाई पाकिस्तानकी सबैभन्दा चर्चित ‘ड्रामा क्वीन’ मानिन्छ । पाकिस्तानी पत्रकार नूर अल आरफीनले त यहाँसम्म दावी गरिसकेका छन् कि यदि हरीमको घरमा छापा मार्ने हो भने एक रातमा इमरान खानको सरकार ढल्नेछ ।

आरफीनको दावीअनुसार इमरान खानदेखि शाह महमुद कुरेशी र शेख रशीदसम्मका उल्टा सिधा भिडियो हरीम शाहको मोवाइलमा छन् । पीटीआइको पूरै नेतृत्व हरीम शाहको मोवाइलमा बन्द छ ।गत महिना हरीम शाहले शेयर गरेको भिडियोमा उनले पाकिस्तानबाट ठूलो रकमको साथमा यात्रा गर्नेहरु सचेत हुनुपर्ने बताएकी थिइन् ।

उनले भनेकी थिइन् ‘म निकै सजिलै यहाँ (बेलायत) आएँ । पाकिस्तानमा कानुन केवल गरिबहरुमा लागू हुन्छ ।’ अहिले पाकिस्तानमा विदेशी मुद्राको चरम अभाव छ । यही कारण बिना अनुमति केवल १० हजार डलर मात्रै विदेशी मुद्रा देशबाहिर लैजान पाइन्छ ।तर, हरीम शाहसँग योभन्दा कैयौं धेरै रकम थियो । त्यसपछि उनीवि’रुद्ध मनी ल’ण्ड्रिङको केसमा जाँच सुरु गरियो ।हरीम शाहले एक टेलिभिजन कार्यक्रमका क्रममा पाकिस्तानका मन्त्री शेख रशीललाई फोन गरिदिएकी थिइन् । टिकटक स्टारले यो घटनाको भिडियो सामाजिक संजालमा पनि शेयर गरेकी थिइन् ।

तबिश हाशमीको शोमा कुराकानीका क्रममा शेख रशीदको चर्चा भएपछि हरीम शाहले तत्काल मोवाइल उठाएर पाकिस्तानका गृहमन्त्रीलाई फोन गरेकी थिइन् । गृहमन्त्री शेख रशीदले त्यतिबेला हरीम शाहलाई पनि फोन गर्न भनेका थिए ।हरीम शाहले २ वर्ष पहिले शेख रशीदमाथि अ,’श्लिल भिडियो पठाएको आरोप लगाएकी थिइन् ।

यो आरोप लगाउँदै उनले शेख रशीदको एउटा भिडियो शेयर गरेकी थिइन् । हरीमले शेयर गरेको भिडियोमा शेख रशीदले भनेका थिए ‘मेरो कुरा राम्रोसँग सुन्नुस् । मैले तपाइँको कुनै पनि रहस्य दुनियाँको अगाडि खोलेको छैन । तैपति तपाइँले मसँग कुराकानी किन बन्द गर्नुभयो ? त्यसपछि रशीदले भन्छन् ‘हरीम तिमीलाई जे गर्नु छ त्यो गर ।’

पाकिस्तानको विदेश मन्त्रालयमा घुमीघुमी भिडियो बनाउने हरीम प्रायः चर्चामा आइरहन्छिन् । पाकिस्तानका नामी र पहुँचवाला सत्ताका खेलाडीहरुसँग उनको सिधा पहुँच छ । खासगरी इमरान खान प्रधानमन्त्री भएपछि हरीम शाहको पहुँच र प्रतिष्ठा तीब्र रुपमा बढेको छ । सामाजिक संजालमा इमरान खानसँग खिचिएका उनका कैयौं फोटोहरु भाइरल भएका थिए ।

प्रतिक्रिया दिनुहोस